७६ लागे सिल्भेस्टर  « Khabarhub

७६ लागे सिल्भेस्टर 


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ६ जुलाई १९४६ मा न्यूयोर्क शहरमा जन्मिएका सिल्भेस्टर स्टेलोन ७६ वर्षमा प्रवेश गरेका छन् । आज उनले जन्मोत्सव मनाइ रहेका छन् । उनका बुबा प्रसिद्ध हेयरड्रेसर फ्रान्सिस्को स्टेलोन हुन् । उनकी आमा ज्याकलिन स्टेलोन एक ज्योतिषी र नर्तक थिइन् । उनको जन्ममा जटिलता आएपछि उनको अनुहारको एक भाग पक्षाघात भएको थियो । उनी बुझ्ने भएदेखि आमाबुबाबीच झगडा मात्र भइरहेको देख्ने गर्दथे । उनी ५ वर्षको हुँदा उनका आमाबुवा छुट्टिए । उनले आफ्नो बुबासँग बस्न थाले 

पहिलो फिल्मबाट हलिउडमा छुट्टै छाप छोडेका सिल्भेस्टर स्टेलोनलाई फिल्ममा निकै कठिनाइका साथ आएका थिए।  मुख्य अभिनेताको रूपमा उनको पहिलो फिल्म रकी सन् १९७६ मा रिलिज भयो । यो फिल्मले उत्कृष्ट कमाईसँगै ओस्कार अवार्ड जितेर सबैलाई चकित बनायो । यो फिल्म १० विधामा ओस्करमा मनोनयनमा परेको थियो । यो फिल्म यति हिट भयो कि यसको ५ पार्ट बने । 

सिल्भेस्टर स्टेलोनले करिब १३ फिल्ममा रकी र र्याम्बोको भूमिका निर्वाह गरेका छन् । उनले आफ्नो जीवनमा र्याम्बो, एस्केप,एक्सपेन्डेबल्स जस्ता धेरै उत्कृष्ट फिल्महरू गरेका छन् । धेरै बलिउड स्टारहरूले उनलाई आफ्नो आइडल मान्छन् । उनको कुल सम्पत्ति ४ सय ५० मिलियन डलर रहेको छ । उनी विलासी जीवन बिताउँछन् र उनको घर सर्व सुविधा सम्पन्न छ । अहिले उनी आगामी ड्रामा सिरिज तुलसा राजाको निर्माणमा व्यस्त छन् । उनले तीन विवाह गरे । उनका जम्मा पाँच सन्तान छन् । एकजनाको उनको अगाडि नै निधन भयो । जब छोराको अनुहार बारम्बार आँखाको अगाडि आउन थाल्यो तब उनले हिन्दु परम्परामा छोराको अन्तिम संस्कार गरे ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ८ : १४ बजे

लामिछानेको रिट ’हेर्दाहेर्दै’मा बिहीबार सुनुवाइ हुने

काठमाडौं– सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

भयावह मूल्यवृद्धि रोक्न पेट्रोलियम पदार्थको मूल्यमा सहुलियत दिन कांग्रेस महामन्त्री पौडेलको आग्रह 

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मध्यपूर्वमा देखिएको द्वन्द्वको असर

‘गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३’ बन्दीपुरमा हुने

गण्डकी– तनहुँको बन्दीपुरमा गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३ आयोजना

हत्या गरेको अभियोगमा एकजना पक्राउ

बाँके– बैजनाथ गाउँपालिका-५ छमनिया बस्ने ५१ वर्षीया भगवनी थारूको हत्या गरेको अभियोगमा

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ

कास्की– मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई जनालाई आइतबार प्रहरीले