नेपालको एउटा सुन्दर दस्तावेज बडिमालिका « Khabarhub

पर्यटन

नेपालको एउटा सुन्दर दस्तावेज बडिमालिका

‘जहाँ पुग्नलाई हिड्नुपर्छ, पुगेपछि स्वर्गको अनुभूति हुन्छ’


२१ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : बडिमालिका सुदूरपश्चिमको पहाडी जनजीवनमा सुन्दरता थप्ने एउटा प्राकृतिकस्थल हो । जहाँ पुग्ने मानिसहरु केवल सुन्दरता मात्रै देख्दैनन्, मन भुलाएर स्वर्ग पुगेको आभास पाउँछन् । बाजुराको बडिमालिकाको सुन्दरता त्यतिमा मात्रै सीमित छैन, वर्षायामको बेलामा बडिमालिका पाटनहरु यति हरियाली छन्, जहाँ मनको फूटबल मैदानमा अनेकौ रहरले गोल गर्छन् ।

आफूले चाहेको अलौकिक सुन्दर, एकान्त र हरियालीले भरिएको संसारमा पुगेजस्तो महसुस हुन्छ । बडिमालिका पुगिरहने पर्यटन अभियान्ता हिमालय भट्टका फोटोले भन्छ, ‘बडिमालिका सुदूरपश्चिमको मात्रै होइन, नेपालकै एक सुन्दर दस्तावेज हो ।’

समुन्द्री सतहबाट ४ हजार २ सय १९ मिटर उचाइमा रहेको बडिमालिका वास्तविक रुपमा धार्मिक हिसाबले महत्वपूर्ण मानिन्छ । तर धार्मिक पर्यटकको आकर्षणपछि यो हरियालीको सुन्दरताबाट चर्चित बनेको हो । हरियाली पाटन, पाटनबाट देखिने नजिकैको सैपाल हिमालले गर्दा बडिमालिकाको सुन्दरता निखारिएको छ ।

बडिमालिका धेरैजसो धार्मिक पर्यटक जाने भएपनि पछिल्लो समय एक उत्कृष्ट गन्तव्यका रुपमा अरु पर्यटक पनि पुग्ने गरेका छन् । बडिमालिकामा प्रत्येक वर्ष जनै पूणिर्माका दिन लाग्ने ठूलो मेलाले यसको प्रचारप्रसार बढेको हो ।

त्यसबाट बढेको प्रचारले अचेल धेरैजसो मानिस एक उत्कृष्ट गन्तव्यको भ्रमणका लागि बडिमालिका पुग्ने गरेका छन् । बडिमालिका मन्दिरमा दर्शन गरेपछि आफ्नो मनोकांक्षा पूरा हुने जनविश्वास रहि आएको छ ।

बडिमालिका पर्यटकीय हिसाबले जति महत्वपूर्ण छ, गास र बासको अभावले त्यत्तिकै ओझेल पनि परेको छ । घुम्न जाने अधिकांश पर्यटकले बस्ने व्यवस्थापन पाउँदैनन् । जसकारण धेरै पर्यटक बडिमालिका पुग्दा आफूले पाएको सास्तीका कारण फेरि फर्केर जान चाहँदैनन् ।

कसरी पुग्न सकिन्छ ?

बडिमालिका पुग्न कम्तीमा एक साताको समय लिँदा उत्तम हुन्छ । आजको भोलि पुगेर फर्किने ठाउँ बडिमालिका होइन । यसका लागि कम्तीमा ६ वा ७ दिनको आरामदायी समयको आवश्यकता पर्छ । राजधानी काठमाडौँ वा जुनसूकै ठाउँबाट पनि बडिमालिका पुग्न सुरुमा धनगढी पुग्नुपर्छ ।

कैलालीको धनगढी पुग्न काठमाडौँदेखि बस वा विमानबाट सोझै पुगिन्छ । धनगढीबाट बस, माइक्रो वा आफ््नो रिजर्ब गाडी गरेर बाजुराको राजधानी मार्तडी पुग्नुपर्छ । यो करिब एक दिनको यात्रा हो ।

मार्तडीबाट भने गाडी जाने राम्रो सडक छैन । सोही कारण सदरमुकाम मार्तडीबाटै हिड्नुपर्छ । मार्तडीबाट एक दिन पूरा हिडेपछि घोडेपाटन पुगिन्छ । घोडेपाटनदेखि अर्को दिन हिड्दा त्रिवेणी पुगिन्छ ।

जुन नदीहरुको संगमस्थल हो । यो ठाउँ पनि पर्यटकीय दृष्टिकोणले धेरै महत्वपूर्ण छ । तर पैदलै जानुपर्ने हुँदा निकै थोरै मान्छे मात्र यहाँ पुग्ने गर्छन् ।

                                                                     फोटो स्रोत : हिमालय भट्ट/भिजिट खप्तड पेजबाट

त्रिवेणीदेखि एक दिनको यात्रा गरेमा बडिमालिका पुगिन्छ । जुन एक हिसाबले सुन्दरता हो । प्रकृति हो । धर्तीको एउटा सुन्दर दस्तावेज हो ।

बडिमालिका पुगेपछि मन्दिरको दर्शन गर्न पाइन्छ । त्रिवेणी पाटनको सुन्दरता झन् बेग्लै छ । साथै लैरीविनायक पनि छ । जुन अर्को सुन्दरस्थल हो । बडिमालिकामै रहेको नाट्यश्वरी मन्दिरको पनि दर्शन गर्न पाइन्छ ।

बडिमालिकामा कम्तीमा दुई दिन बसेर त्यहाँको सुन्दर पर्यटकीय क्षेत्रको दृश्यावलोकन गर्न सकिन्छ । त्यसपछि फर्किदा सोही बाटोबाट पनि फर्किन सकिन्छ ।

त्यो बाटो हिडेर लामो समय लाग्ने भए बडिमालिकाबाट नाट्यश्वरी हुँदै एक दिनमै हिडेर डडेल्धुरा पुग्न सकिन्छ । अनि डडेल्धुराबाट सोझै धनगढीको गाडी चढेर फर्किन सकिन्छ ।

बडिमालिका जाँदा हिड्नुपर्ने भएकाले पनि धेरैले हिडाईमै थकान भएपनि सुन्दर फाँटले मान लोभिने गरेको छ । यो नै बडिमालिकाको विशेषता हो । पछिल्लो समय बडिमालिका केन्द्रित पर्यटन व्यवसायीले विभिन्न प्याकेज ल्याएर बडिमालिका यात्रा र गन्तव्य सहज बनाउँदै आएका छन् ।

फोटो स्रोत : हिमालय भट्ट/भिजिट खप्तड पेजबाट

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  ९ : ०७ बजे

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने