नेपालको एउटा सुन्दर दस्तावेज बडिमालिका | Khabarhub Khabarhub

पर्यटन

नेपालको एउटा सुन्दर दस्तावेज बडिमालिका

‘जहाँ पुग्नलाई हिड्नुपर्छ, पुगेपछि स्वर्गको अनुभूति हुन्छ’


२१ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : बडिमालिका सुदूरपश्चिमको पहाडी जनजीवनमा सुन्दरता थप्ने एउटा प्राकृतिकस्थल हो । जहाँ पुग्ने मानिसहरु केवल सुन्दरता मात्रै देख्दैनन्, मन भुलाएर स्वर्ग पुगेको आभास पाउँछन् । बाजुराको बडिमालिकाको सुन्दरता त्यतिमा मात्रै सीमित छैन, वर्षायामको बेलामा बडिमालिका पाटनहरु यति हरियाली छन्, जहाँ मनको फूटबल मैदानमा अनेकौ रहरले गोल गर्छन् ।

आफूले चाहेको अलौकिक सुन्दर, एकान्त र हरियालीले भरिएको संसारमा पुगेजस्तो महसुस हुन्छ । बडिमालिका पुगिरहने पर्यटन अभियान्ता हिमालय भट्टका फोटोले भन्छ, ‘बडिमालिका सुदूरपश्चिमको मात्रै होइन, नेपालकै एक सुन्दर दस्तावेज हो ।’

समुन्द्री सतहबाट ४ हजार २ सय १९ मिटर उचाइमा रहेको बडिमालिका वास्तविक रुपमा धार्मिक हिसाबले महत्वपूर्ण मानिन्छ । तर धार्मिक पर्यटकको आकर्षणपछि यो हरियालीको सुन्दरताबाट चर्चित बनेको हो । हरियाली पाटन, पाटनबाट देखिने नजिकैको सैपाल हिमालले गर्दा बडिमालिकाको सुन्दरता निखारिएको छ ।

बडिमालिका धेरैजसो धार्मिक पर्यटक जाने भएपनि पछिल्लो समय एक उत्कृष्ट गन्तव्यका रुपमा अरु पर्यटक पनि पुग्ने गरेका छन् । बडिमालिकामा प्रत्येक वर्ष जनै पूणिर्माका दिन लाग्ने ठूलो मेलाले यसको प्रचारप्रसार बढेको हो ।

त्यसबाट बढेको प्रचारले अचेल धेरैजसो मानिस एक उत्कृष्ट गन्तव्यको भ्रमणका लागि बडिमालिका पुग्ने गरेका छन् । बडिमालिका मन्दिरमा दर्शन गरेपछि आफ्नो मनोकांक्षा पूरा हुने जनविश्वास रहि आएको छ ।

बडिमालिका पर्यटकीय हिसाबले जति महत्वपूर्ण छ, गास र बासको अभावले त्यत्तिकै ओझेल पनि परेको छ । घुम्न जाने अधिकांश पर्यटकले बस्ने व्यवस्थापन पाउँदैनन् । जसकारण धेरै पर्यटक बडिमालिका पुग्दा आफूले पाएको सास्तीका कारण फेरि फर्केर जान चाहँदैनन् ।

कसरी पुग्न सकिन्छ ?

बडिमालिका पुग्न कम्तीमा एक साताको समय लिँदा उत्तम हुन्छ । आजको भोलि पुगेर फर्किने ठाउँ बडिमालिका होइन । यसका लागि कम्तीमा ६ वा ७ दिनको आरामदायी समयको आवश्यकता पर्छ । राजधानी काठमाडौँ वा जुनसूकै ठाउँबाट पनि बडिमालिका पुग्न सुरुमा धनगढी पुग्नुपर्छ ।

कैलालीको धनगढी पुग्न काठमाडौँदेखि बस वा विमानबाट सोझै पुगिन्छ । धनगढीबाट बस, माइक्रो वा आफ््नो रिजर्ब गाडी गरेर बाजुराको राजधानी मार्तडी पुग्नुपर्छ । यो करिब एक दिनको यात्रा हो ।

मार्तडीबाट भने गाडी जाने राम्रो सडक छैन । सोही कारण सदरमुकाम मार्तडीबाटै हिड्नुपर्छ । मार्तडीबाट एक दिन पूरा हिडेपछि घोडेपाटन पुगिन्छ । घोडेपाटनदेखि अर्को दिन हिड्दा त्रिवेणी पुगिन्छ ।

जुन नदीहरुको संगमस्थल हो । यो ठाउँ पनि पर्यटकीय दृष्टिकोणले धेरै महत्वपूर्ण छ । तर पैदलै जानुपर्ने हुँदा निकै थोरै मान्छे मात्र यहाँ पुग्ने गर्छन् ।

                                                                     फोटो स्रोत : हिमालय भट्ट/भिजिट खप्तड पेजबाट

त्रिवेणीदेखि एक दिनको यात्रा गरेमा बडिमालिका पुगिन्छ । जुन एक हिसाबले सुन्दरता हो । प्रकृति हो । धर्तीको एउटा सुन्दर दस्तावेज हो ।

बडिमालिका पुगेपछि मन्दिरको दर्शन गर्न पाइन्छ । त्रिवेणी पाटनको सुन्दरता झन् बेग्लै छ । साथै लैरीविनायक पनि छ । जुन अर्को सुन्दरस्थल हो । बडिमालिकामै रहेको नाट्यश्वरी मन्दिरको पनि दर्शन गर्न पाइन्छ ।

बडिमालिकामा कम्तीमा दुई दिन बसेर त्यहाँको सुन्दर पर्यटकीय क्षेत्रको दृश्यावलोकन गर्न सकिन्छ । त्यसपछि फर्किदा सोही बाटोबाट पनि फर्किन सकिन्छ ।

त्यो बाटो हिडेर लामो समय लाग्ने भए बडिमालिकाबाट नाट्यश्वरी हुँदै एक दिनमै हिडेर डडेल्धुरा पुग्न सकिन्छ । अनि डडेल्धुराबाट सोझै धनगढीको गाडी चढेर फर्किन सकिन्छ ।

बडिमालिका जाँदा हिड्नुपर्ने भएकाले पनि धेरैले हिडाईमै थकान भएपनि सुन्दर फाँटले मान लोभिने गरेको छ । यो नै बडिमालिकाको विशेषता हो । पछिल्लो समय बडिमालिका केन्द्रित पर्यटन व्यवसायीले विभिन्न प्याकेज ल्याएर बडिमालिका यात्रा र गन्तव्य सहज बनाउँदै आएका छन् ।

फोटो स्रोत : हिमालय भट्ट/भिजिट खप्तड पेजबाट

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  ९ : ०७ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र