बिहान १० बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

बिहान १० बजेसम्मका मुख्य १० समाचार


२१ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबिस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । बिहान १० बजेसम्मका मुख्य १० समाचार यस्ता छन् :

१. प्रचण्ड जापान भ्रमणमा 
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जापानमा नेपालीको अवस्थाबारे बुझ्ने बताएका छन् । जापानको राजधानी टोकियोमा आज बिहान सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष दाहालले जापानमा बस्ने नेपालीको लागि के गर्न आवश्यक छ त्यसको अध्ययन गर्ने बताए । आफ्नो भ्रमणले दुई देशबीचको आर्थिक र अन्य क्षेत्रको  विस्तार गर्न वातावरण बनाउन सहयोग पुग्ने उनको विश्वास छ। आफ्नै मिहिनेतले माथि पुग्न सकिन्छ भनेर जापानबाट पाठ सिक्नपर्ने उनले बताए।

२. समाजवादी पार्टीको बैठक बस्दै
जसपाबाट अलग हुनुभएका नेता डा बाबुराम भट्टराईको अगुवाइमा गठन भएको नेपाल समाजवादी पार्टीको बैठक आज बस्दै छ । काठमाडौँमा हुने बैठकमा आगामी मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा कसरी जाने भन्ने विषयमा छलफल हुने पार्टीका नेता विश्वदीप पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार बैठकमा संगठन निर्माणका सम्बन्धमा पनि छलफल हुनेछ ।

३. काठमाडौँका सडकमा थुप्रिएको फोहर तत्काल नउठ्ने
काठमाडौं महानरपालिकाले सडकमा थुप्रिएको फोहोर तत्काल नउठ्ने जनाएको छ । साउन ४ गते काठमाडौं महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सडक मर्मतको काम गर्नुपर्ने भएकाले १ हप्ताका लागि घर बाहिर फोहर ननिकाल्न आग्रह गरेको थियो । एक हप्ताको समयमा पनि सडक मर्मतको काम पूरा नभएपछि सबै सवारीसाधन चलाउन कठिन भएकाले फोहर व्यवस्थापनमा समस्या भएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । बाटो मर्मतको काम सम्पन्न गर्न अझै समय लाग्ने भएकाले केही दिन सबै स्थानको फोहर व्यवस्थापन गर्न कठिन हुने उनको भनाइ छ।

४. नदिहरुमा बाढीको त्रास
जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पनि विभिन्न प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान गरेको छ । महाशाखाले प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको जनाएको हो । यसैबिच, जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले सिन्धुपाल्चोकको मेलम्ची, बलेफी र अन्य साना खोलामा आकस्मिक बाढीको चेतावनी दिएको छ । त्यस क्षेत्रमा पछिल्लो तीनदेखि छ घण्टा ठूलो वर्षा मापन गरिएको भन्दै विभागले सतर्क रहन सुझाव दिएको हो ।

५. कोटेश्वरमा  मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु 
काठमाडौँको कोटेश्वरमा  टिपर र  मोटरसाइकल एक आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । अन्य एक जना घाइते भएका छन् । मृत्यु हुनेमा मकवानपुरको बकैया गाउँपालिका ४ घर भई भक्तपुरको चारदोबाटो बस्ने ३६ वर्षीया भूमिका आलेमगर रहेका छन् । यस्तै मोटरसाइकल चालक नयाँथिमी बस्ने दोलखाका बैतेश्वरका २९ वर्षीय प्रेम श्रेष्ठ घाइते भएका हुन् । उनको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

६. सल्यानमा जंगली च्याउ खाँदा ८ जना बिरामी
जंगली च्याउ खाँदा सल्यानमा आठ जना बिरामी परेका छन् । शारदा नगरपालिका र बनगाड कुपिण्डे नगरपालिकामा जंगली च्याउ खाँदा आठ जना बिरामी परेका हुन् । जिल्ला अस्पतालमा सामान्य उपचार पछि गए राति नै उनीहरूलाई प्रादेशिक अस्पताल सुर्खेत रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए । हिजो साँझ जंगली च्याउ खाएर सुतेका उनीहरू राति बिरामी भएका थिए ।

७. सुकिलुम्बा विमानस्थल वरपर घेराबार गरिने
इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको वरिपरि घेराबार गरिने भएको छ । यस्तै विमानस्थलको स्थायी टावर र यात्रु प्रतीक्षालयसहितको टर्मीनल भवन निर्माण हुने भएको छ । नागरिक उड्डयन प्राधिकरण एरोड्रोन इञ्जिनियरिङ विभागका निर्देशक मुरारी भण्डारीले घेराबार, स्थायी टावर र यात्रु प्रतीक्षालय निर्माण गर्न सरकारले बजेट उपलब्ध गराएको जानकारी दिए। विमानस्थल उद्घाटन गरिए पनि सुरक्षाको लागि केही पनि नभएकाले यो वर्ष घेराबार गर्ने तयारी गरेको निर्देशक भण्डारीले बताए।

८. बाढीको त्रासले भजनीमा सयौँ बिघा जमिन बाँझै
बाढीको त्रासले कैलालीको भजनी नगरपालिकामा सयौँ बिघा जमिन बाँझै राखिएको छ । हरेक वर्ष बाढी आउने भएकाले भजनीको हुलाकी सडक आसपासका ३, ५, ७ र ८ लगायतका वडामा सयौँ बिघा जमिन बाझो राखिएको किसानहरुले बताएका छन् । बाढीको समस्या झेल्नुपरेपछि भजनीका किसानले चैते धान खेती गर्दै आउनुपरेको बताएका छन् ।

९.भारतमा आज उपराष्ट्रपतिका लागि निर्वाचन हुँदै
भारतमा आज उपराष्ट्रपति चयनका लागि निर्वाचन हुँदै छ । आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म संसद भवनमा उपराष्ट्रपतिको निर्वाचन हुँदै छ । वर्तमान उपराष्ट्रपति वेंकैया नायडूको कार्यकाल अगस्ट १० मा समाप्त हुँदैछ  । जसका कारण आज उपराष्ट्रपति चयनका लागि मतदान हुने भएको हो । उपराष्ट्रपति पदका लागि सत्तारुढ एनडीएले यस पटक पश्चिम बंगालका गभर्नर जगदीप धनखरलाई उम्मेदवार बनाएको छ । यस्तै विपक्षी दल कंग्रेसले मार्गरेट अल्वालाई उम्मेदवारी बनाएको छ ।

१०. टी–ट्वान्टी सिरिजमा दक्षिण अफ्रिकाको क्लिन स्विप
दक्षिण अफ्रिकाले आयरल्याण्डविरुद्धको दुई खेलको टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिजमा क्लिनस्विप गरेको छ । इंग्ल्याण्डको ब्रेस्टोलमा गए राति भएको खेलमा ४४ रनको जित निकाल्दै दक्षिण अफ्रिकाले सिरिज २–० ले क्लिनस्विप गरेको हो ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  १० : १० बजे

विदेश जाने र विदेशबाट देश निकालामा पर्ने पाकिस्तानीको सङ्ख्या बढ्दै

काठमाडौं– पछिल्लो समय पाकिस्तानबाट विदेश जानेहरुको सङ्ख्या ह्वात्तै बढेको पाइएको

‘टेक एण्ड पे’ पीपीए हटाउन इप्पानले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र 

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले पूर्वघोषित आन्दोलनका कार्यक्रम

लुम्बिनीमा योग दिवस सम्पन्न, पाँच सयभन्दा बढी सहभागी

लुम्बिनी- लुम्बिनीमा ११औँ अन्तर्राष्ट्रिय योग दिवस भव्य रूपमा सम्पन्न, भारतीय

त्रिविका विद्यार्थी तथा प्राध्यापकले सरकारी अस्पतालमा उपचार सुविधा पाउने

काठमाडौं– त्रिभुवन विश्वविद्यालयका विद्यार्थी तथा प्राध्यापकहरूलाई संघीय अस्पताल तथा प्रतिष्ठानहरूमा

बीपीका चिकित्सकले क्यान्सरका बिरामीको घरमै पुगेर उपचार गर्ने

सुनसरी– धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले क्यान्सरका सिकिस्त बिरामीहरूलाई