‘पालिकाले विद्यालयको दिवाखाजा र सेनेटरी प्याडबापतको रकम रोकेको छ’ « Khabarhub

 ‘पालिकाले विद्यालयको दिवाखाजा र सेनेटरी प्याडबापतको रकम रोकेको छ’


२१ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– तिला गाउँपालिकाका ३० वटा विद्यालयले विगतदेखि पाउँदै आएको दिवाखाजा र छात्राका लागी दिने सेनेटरी प्याडबापतको रकम रोकिएको बताएका छन् । गाउँँपालिकाको शिक्षा र लेखा शाखाको गैरजिम्मेवारीका कारण तेस्रो चौमासिकको रकम रोकिएको हो । दिवा खाजा कार्यक्रमको रकम विद्यालयको खातामा नआएपछि कार्यक्रम रोक्नु परेको तिलाका २७ वटा विद्यालय र तीन बालविकास केन्द्रले जनाएका छन् ।

तर, अभिभावकले भने विद्यालय र शिक्षकले नै रोकेको जस्तो व्यवहार गर्न थालेको सेतिवाडा माध्यमिक बिद्यालयका प्रधनाध्यापक यज्ञप्रसाद अधिकारीले बताए । उनले भने, ‘पालिकाले तिलाका सबै बिद्यालयको दिवाखाजासेनेटरी प्याडबापतको रकम रोकेको छ ।’

रकम रोकिएका सबै विद्यालयका प्रधानाध्यापकले यसको विरोध गरेको बताए । तर, पालिकाको शिक्षा शाखा र लेखाले चेक नकाटेको प्रतिक्रिया दिए । उनका अनुसार सेतीवाडा विद्यालयमा दुई सय ६ जना दिवाखाजा खाने विद्यार्थी छन् । एक सय ९६ जना छात्रा छन् । यहाँ जम्मा तीन सय ८० जना विद्यार्थी अध्ययनरत छन् ।

६४ लाख ३४ हजार ६ सय ८० रुपैयाँ फ्रिज 
तिला गाउँपालिकाको शिक्षा शाखाका सहसंयोजक दिपेन्द्र हमालका अनुसार लेखाका कारण उक्त रकम रोकिएको हो । उनले भने, ‘हाम्रो शाखाले सबै विद्यालयको छात्रवृत्ति, दिवा खाजा, विद्यालय सञ्चालन अनुदान, पाठ्यपुस्तकलगायतको रकम बारे प्रक्रिया पूरा गरेर ७ आसारमै लेखामा पठाएको हो ।’ तर लेखाले अन्य सबै शीर्षकको चेक काटेर दिवा खाजा र सेनेटरी प्याडको रकम भने रोकेको उनको भनाइ छ । उनका अनुसार तिलाका विद्यालयहरूले पाउने दिवाखाजाको ४७ लाख, पाँच हजार ६ सय ८० रुपैयाँ र सेनेटरीप्याडको १७ लाख २९ हजार गरी ६४ लाख ३४ हजार ६ सय ८० रुपैयाँ फ्रिज गरेको हो ।

शिक्षा शाखाका सहसंयोजक  हमालका अनुसार गतवर्ष अपुग छात्रावृत्तिको रकम पालिकाले थपेको थियो । यही कारण महालेखा परीक्षकको कार्यालयले २४ लाख बेरोजु देखाएको थियो । यही रकम असुल गर्न रकम नपठाएको हुनसक्ने उनले जवाफ दिए । 

तिला गाउँपालिका-५ का पूर्व वडाध्यक्ष कालीबहादुर बुढाले स्थानीय सरकारले यो कार्यक्रम आफै लागू पर्नुपर्नेमा आएको रकम समेत रोक्नु गल भएको बताए । उनले यो रकम तुरुन्त मिलाउन उनले दबाब दिने बताए । 

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  १ : १२ बजे

सानेपाबाट कबाडी बोकेका १० ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले ललितपुरको सानेपाबाट कबाडी बोकेका

स्कुल बसले किच्दा ५ वर्षीया बालिका र सहचालकको मृत्यु

काठमाडौँ । सिरहा जिल्लाको लक्ष्मीपुरपतारी गाउँपालिका–२ पर्सास्थित भित्री सडकखण्डमा स्कुल

महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड

काठमाडौं । महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको योग्यतासम्बन्धी रिटमा सर्वोच्च अदालतले

कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन

विद्युत् प्राधिकरणमा आइपुग्यो ५० हजार नयाँ मिटर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नयाँ विद्युत् जडान तथा मिटर