‘प्रधानमन्त्री बनेर देशको विकास गर्ने चाहना छ’ « Khabarhub

‘प्रधानमन्त्री बनेर देशको विकास गर्ने चाहना छ’


२१ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री बनेर नेपालको विकास गर्ने चाहना प्रकट गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित गुह्येश्वरी बाल शिक्षा माध्यामिक विद्यालयको नवनिर्मित भवन उद्घाटन एवं सम्मान तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले ‘फर्स्ट म्यान’ बनेर देशको विकास गर्ने चाहना रहेको बताएका हुन् ।

उनले आफूले पार्टी र सरकारमा रहेर विभिन्न तहमा रही काम गरेको अनुभव रहेको बताउँदै अबको चाहना ‘वान अफ म्यान’ बनेर देशको सेवा गर्न चाहेको बताए । उनले असल नियत भएको र लोभ नभएको नेताहरू ठाउँमा पुगेपछि देशको कसरी कायापलट हुन्छ भन्ने कुरा आफू प्रधानमन्त्री बनेपछि जनताले अनुभव गर्ने बताएका छन् ।

नेता सिंहले जनतालाई अधिकार दिलाउने काम नेपाली कांग्रेसले गरेको उल्लेख गर्दै अबका दिनमा प्राप्त अधिकारलाई संस्थागत गर्दै देश विकास र आर्थिक उन्नतिको अभियानमा कांग्रेसले नेतृत्व गर्ने बताए । उनले देशमा प्रदूषणका कारण विभिन्न समस्या निम्तिरहेको भन्दै ग्रीन इनर्जी उत्पादनमा जोड दिनुपर्ने र हरित ग्यासकै माध्यमबाट देशमा विकासले फड्को मार्ने उनकाे दाबी छ ।

 त्यसैगरी नेता सिंहले प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अहिले रोइरहेको  टिप्पणी समेत गरे । उनले नेकपा एमालेले बहुमत ल्याएर सत्तामा जाँदासमेत काम गर्न नसकेको आरोप लगाए । उक्त कार्यक्रममा बागमती प्रदेशका पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठ पूर्व गभर्नर हिमालय संम्शेर राणा काठमाडौँ महानगर ११ नं वडा अध्यक्ष हिरालाल तण्डुकार लगायतले आफ्नो मन्तव्य राखेका थिए भने कार्यक्रममा  विद्यालयलाई योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान समेत गरिएको थियो ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  २ : १७ बजे

देउवा आएलगत्तै कांग्रेसमा दुई सभापति, सानेपालाई चुनदेवीबाट चुनौती

काठमाडौं- नेपाल फर्किएलगत्तै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीमा समानान्तर गतिविधि अगाडि

मधेस प्रदेशमा रगतको अभाव, रक्तदानका लागि आह्वान

जनकपुरधाम- रक्तदान गरेपछि शरीर कमजोर हुन्छ भन्ने नकारात्मक धारणाका कारण मधेस

नेपाल चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबीच रणनीतिक समझदारी

काठमाडौं– नेपाल चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर

बन्दीपुर अस्पतालमा एक वर्षमा २३ हजारले सेवा लिए

दमौली– बन्दीपुर अस्पतालले तीन सय ६५ दिन नै सेवा प्रदान