पनौती नगरका बङ्गुरमा ‘अफ्रिकन स्वाइन फिवर’ को सङ्क्रमण « Khabarhub

पनौती नगरका बङ्गुरमा ‘अफ्रिकन स्वाइन फिवर’ को सङ्क्रमण


२१ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– पनौती नगरमा महामारीजन्य ‘अफ्रिकन स्वाइन फिवर’को सङ्क्रमणका कारण ठूलो सङ्ख्यामा पशु मरेका छन् । व्यावसायिकरुपमा फार्ममा पालिएका बङ्गुरमा गत सोमबार मात्रै उक्त सङ्क्रमण पुष्टि भएको थियो । उक्त रोगका कारण नगरका तीन स्थानको फार्ममा छ सय सात बङ्गुर मरिसकेको नगर कृषि तथा पशुपक्षी शाखाले जनाएको छ । उक्त रोगले नगरको वडा नं ५स्थित टिम भिजन एग्रिकल्चर प्राली र गैरीगाउँ कृषि तथा पशुपक्षी फार्म तथा वडा नं १० को श्रेष्ठ बङ्गुर फार्ममा क्षति पुर्‍याएको हो ।

शाखाप्रमुख लीलाप्रसाद सापकोटाका अनुसार उक्त रोगका कारण हालसम्म किसानको दुई करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । अति खतरनाक मानिएको उक्त रोग नगरभित्र व्यावसायिकरुपमा पालिएको बङ्गुरमा मात्रै देखिएको हो । विभिन्न स्थानमा पालन गरिएको बङ्गुरको नमूना परीक्षणबाट गत साता उक्त रोग देखापरेको थियो । नगरले निसङ्क्रमणका लागि जैविक सुरक्षा अपनाइएको जनाएको छ । ‘रोगबाट मरेका पशुलाई व्यवस्थित तवरले जमिनमा गाडिएको छ, थप सङ्क्रमण हुन नदिन हाम्रो टोलीले निसङ्क्रमणका विधि अपनाइरहेको छ’, उनले भने। 

शाखाप्रमुख सापकोटाका अनुसार नगर विपद् व्यवस्थापन समितिले स्थानीय किसानको क्षतिपूर्तिका लागि छलफल अघि बढाएको छ । यस्तै सम्भावित क्षेत्रमा थप परीक्षणको तयारी भइरहेको छ । नगरका विभिन्न स्थान पालिएका बङ्गुरमा उक्त सङ्क्रमण पुष्टि भएसँगै नगरले तिनलाई ओसारपसार गर्न निषेध गरेको छ । पशु सेवा विभागले यस रोगलाई उच्च मृत्युदर भएको ‘अति खतरनाक’ महामारीजन्य रोग भनेको छ । विभागका अनुसार यो रोग पशुबाट मानिसमा भने सर्दैन । सन् २०१८ मा छिमेकी भारत, चीन र भुटानमा देखिएको यो रोग नेपाल प्रवेश गरेको करिब पाँच महिनापछि काभ्रेपलाञ्चोकको पनौतीमा पनि देखिएको हो ।

गत वर्ष चैतमा पहिलोपटक काठमाडौँको कागेश्वरी मनोहरा क्षेत्रमा पालिएका बङ्गुरमा उच्च मृत्युदर देखा परेपछि त्यहाँबाट नमूना संकलन गरी केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा अफ्रिकन स्वाइन फिवर रोग पुष्टि भएको विभागले जनाएको छ । विभागका अनुसार गत जेठ २ गते यो रोग नेपालमा आएको पहिलो पटक पुष्टि भएको हो । ललितपुरको गोदावरी र भक्तपुरको चाँगुनारायण क्षेत्रमासमेत उक्त रोग फेला परेको र त्यसबेला उपत्यकाको विभिन्न क्षेत्रमा करिब एक हजार बङ्गुर मरेका थिए  । 

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  २ : ३७ बजे

देउवा आएलगत्तै कांग्रेसमा दुई सभापति, सानेपालाई चुनदेवीबाट चुनौती

काठमाडौं- नेपाल फर्किएलगत्तै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीमा समानान्तर गतिविधि अगाडि

मधेस प्रदेशमा रगतको अभाव, रक्तदानका लागि आह्वान

जनकपुरधाम- रक्तदान गरेपछि शरीर कमजोर हुन्छ भन्ने नकारात्मक धारणाका कारण मधेस

नेपाल चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबीच रणनीतिक समझदारी

काठमाडौं– नेपाल चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर

बन्दीपुर अस्पतालमा एक वर्षमा २३ हजारले सेवा लिए

दमौली– बन्दीपुर अस्पतालले तीन सय ६५ दिन नै सेवा प्रदान