रोजगारीको सुनिश्चित हुनुपर्ने अस्पतालका कर्मचारीको माग « Khabarhub

रोजगारीको सुनिश्चित हुनुपर्ने अस्पतालका कर्मचारीको माग


२१ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– जिल्ला अस्पताल लमजुङका कर्मचारीहरूले अस्पतालमा कार्यरत सबै कर्मचारीको रोजगारीको सुनिश्चित हुनुपर्ने माग गरेका छन् ।

गण्डकी प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालको व्यवस्थापन गर्दै आएको मानव विकास तथा सामुदायिक सेवा (एचडिसिएस) सँगको सम्झौता तोड्ने निर्णयसहितको पत्र पठाएपछि कर्मचारीले रोजगारीको सुनिश्चितताका लागि माग गरेका हुन् । 

कर्मचारीहरूले शुक्रबार जिल्ला प्रशासन कार्यालय लमजुङमा प्रमुख जिल्ला अधिकारी सुशील वैद्यमार्फत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेश पोखरामा मुख्यमन्त्री, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गण्डकी प्रदेश पोखरामा स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै रोजगारी सुनिश्चितताको माग गरेका हुन् ।

गण्डकी प्रदेश सरकार र मानव विकास तथा सामुदायिक सेवा (एचडिसिएस) बीच सम्झौता भएर सञ्चालन भइरहेकोमा गण्डकी प्रदेश सरकारले अस्पताल सञ्चालन अवधि हुँदाहुँदै एक पक्षीय ढंगले सम्झौता भंग गर्ने परिपत्र गरेको उनीहरूको भनाइ छ । परिपत्रले अस्पताल सञ्चालन गर्दै आएको संस्था र कार्यरत कर्मचारीहरूलाई आत्मबल गिराउने गरी कदम चालेकोप्रति गम्भीर ध्यानाकर्षण भएको कर्मचारीहरूले बताएका छन् ।

इमरजन्सी, ओपडी इन्चार्ज गणेश गुरुङका अनुसार सम्पूर्ण कर्मचारीको तर्फबाट प्रजिअलाई ज्ञापन पत्र बुझाइएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गण्डकी प्रदेश सरकारको १८ साउनमा अस्पताल सञ्चालन सम्झौता भंग गर्न प्रस्ताव (सूचना) निकालेको छ । अस्पताल सञ्चालनका लागि नेपाल सरकार र गण्डकी प्रदेश सरकार, मानव विकास सामुदायिक सेवाबीच पाँच वर्षका लागि २७ कार्तिक २०७७ मा सम्झौता भएको थियो । 

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  ३ : ५६ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका