राष्ट्रिय स्क्वासको उपाधि अरहन्त र कृष्णालाई  « Khabarhub

राष्ट्रिय स्क्वासको उपाधि अरहन्त र कृष्णालाई 


२१ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अरहन्त केशर सिंहले शनिबार दोस्रो वरीयताका अमृत थापा मगरलाई सोझो सेटमा हराउँदै चौथो धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको पुरुष एकल प्रतियोगिताको उपाधि रक्षा गरेका छन् ।  

नेपाल स्क्वास र्याकेट्स संघको सातदोबाटोस्थिति स्क्वास हलको सेन्टर कोर्टमा भएको फाइनलमा शीर्ष वरीयताका अरहन्तले अमृतलाई ११–४, ११–७, ११–६ हराए । सिंहले ट्रफीसँगै २५ हजार रुपैयाँ प्राप्त गरे । उपविजेता अमृतले १५ हजार रुपैयाँ प्राप्त गर्दा सेमिफाइनलसम्मको यात्रा तय गरेका अमिर ब्लोन र दीपक थापाले समान १० हजार रुपैयाँ प्राप्त गरे ।

महिला एकलमा कृष्णा थापामगर विना ब्लोनलाई ११–७, ११–७ ११–७ ले निराश पार्दै च्याम्पियन भइन् । विजेता कृष्णाले ट्रफीसहित १८ हजार हजार रुपैयाँ प्राप्त गरिन् भने उपविजेता विपनाले ११ हजार रुपैयाँ प्राप्त गरिन् ।

यसैगरी, ब्वाइज जुनियरमा विकास मगर, भेट्रान्स (५० वर्षमाथि) मा सुदीपबहादुर सिंह र पुरुष प्लेटतर्फ प्रयाग जोशी च्याम्पियन भए ।

विजेतालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र  नेपाल स्क्वास तथा र्याकेट्स संघका अध्यक्ष किशोर महर्जनले पुरस्कार प्रदान गरे ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  ५ : ४८ बजे

भुरुङ्दीखोलामा पुल निर्माणको अन्तिम चरणमा

पर्वत– भुरुङ्दीखोलामा  निर्माणाधीन मोटरेबल पुल निर्माणको अन्तिम चरणमा पुगेको छ

कांग्रेस महाधिवेशन विवाद : सभापति देउवाले शीर्ष नेतालाई छलफलमा बोलाए

काठमाडौं – नेपाली कांग्रेसभित्र नियमित महाधिवेशन स्थगित गरेर महामन्त्रीद्वयले विशेष

निर्माणाधीन एसियाली राजमार्गमा दुर्घटना बढे

झापा– निर्माणाधीन एसियाली राजमार्गको मेचीनगर–६ स्थित पालिया पुलमा बिहीबार राति

पोखरामा आजदेखि चार दिनसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

कास्की– पोखरामा आजदेखि २१ गतेसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति

इरानमा बढ्दो महँगीविरुद्ध प्रदर्शन, तीन जनाको मृत्यु

इरान – इरानमा बढ्दो महँगीविरुद्ध जारी विरोध प्रदर्शन रोकिएको छैन।