जनता आवास कार्यक्रमअन्तर्गत तनहुँमा दुई सय ८६ घर निर्माण « Khabarhub

जनता आवास कार्यक्रमअन्तर्गत तनहुँमा दुई सय ८६ घर निर्माण


२१ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– जनता आवास कार्यक्रमअन्तर्गत तनहुँमा दुई सय ४६ घर निर्माण गरिएको छ । आर्थिक अवस्थाले विपन्न र घर बनाउन नसक्ने व्यक्तिको घर निर्माण गरेको हो । जिल्लाका १० वटै पालिकामा जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माण गरिएको पूर्वाधार विकास कार्यालय तनहुँका सूचना अधिकारी एवं इञ्जीनियर धनमाया मिश्रले जानकारी दिए ।

आर्थिक वर्ष २०७५/७६ मा सङ्घ सरकारमार्फत जनता आवास कार्यक्रम हस्तान्तरण भई आएपछि पूर्वाधार विकास कार्यालयले घर निर्माण थालेको उनले बताए । निर्माण गरिएका घरमध्ये दोस्रो किस्तामा चार, तेस्रो किस्तामा ५२ र अन्तिम किस्ता लैजान बाँकी एक सय ४२ घरपरिवार रहेका छन् । उक्त कार्यक्रमका लागि रु एक करोड ५७ लाख बजेट विनियोजन गरिएको छ ।

दुई भवन निर्माण सम्पन्न

पूर्वाधार विकास कार्यालयले सम्झौता भएका दुईवटै भवनको निर्माण सम्पन्न गरेको छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय तनहुँको भवन रु दुई करोड ३० लाख ५१ हजारको लागतमा सम्पन्न गरेको हो । विसं २०७७ असोज १ गते सम्झौता गरिएको उक्त भवनको विसं २०७८ फागुन ३० गते निर्माण सम्पन्न गरेको हो ।

त्यसैगरी भिमाद सामुदायिक भवनको रु एक करोड ३३ लाख ६३ हजारको लागतमा निर्माण सम्पन्न गरिएको छ । स्टकचर थप गर्नुपरेका कारण सम्झौताभन्दा बढी लागत वृद्वि हुन गएको इञ्जीनियर मिश्रले बताए ।

दुई झोलुङ्गे पुल निर्माण सम्पन्न

जिल्लामा निर्माणाधीन तीनवटा झोलुङ्गे पुलमध्ये दुई पुलको निर्माण सम्पन्न भएको छ । जिल्लाको आँबुखैरेनी गाउँपालिका–१ मा रु ७७ लाख ७१ हजारको लागतमा उक्त पुल निर्माण गरिएको हो । जिल्लाको भानु नगरपालिका–३ खहरेबाट नारायणचौर गोरखा जोड्ने पुल रु एक करोड २६ लाख ५० हजारको लागतमा सम्पन्न गरिएको छ । उक्त पुल निर्माणपश्चात सयौँ मानिस लाभान्वित भएको बताइएको छ ।

त्यसैगरी व्यास नगरपालिका–५ र १० जोड्ने मादी नदीमाथि निर्माण गरिएको झोलुङ्गे पुल निर्माण अन्तिम चरणमा पुगेको छ । पुल निर्माणका लागि विसं २०७६ पुस ६ गते सम्झौता भए पनि विद्युत्को हाइटेन्सन सार्ने विषयमा विवाद हुँदा पुल निर्माणमा ढिलाइ हुनगएको कार्यालय प्रमुख दिनेशकुमार घिमिरेले जानकारी दिए । अहिले विद्युत् पोल सार्नका लागि जग्गा दिने सहमति भएपछि निर्माणकार्य तीव्रगतिमा अघि बढाइएको उनले बताए ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  ७ : १६ बजे

शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल

काठमाडौं–  शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सातवटै प्रदेशका शिक्षा हेर्ने

आत्महत्याबारे मौन नरहौँ, संवाद सुरु गरौँ : मानव अधिकार आयोग

सुदूरपश्चिम– राष्ट्रिय मानव अधिकार आयोगले आत्महत्या रोकथामका लागि आत्महत्याबारे मौन

यस्तो छ देवीघाटमा पाँच दिनमा तयार एक्रो ब्रिज (तस्बिरहरू)

काठमाडौं– नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित तादी नदीमा नेपाली सेनाले एक्रो ब्रिज

बालेनले गुमाए ‘तेस्रो विकेट’, प्रतिवेदन लुकाएर सुधनलाई हतार-हतार बनाएका थिए फेरि मन्त्री

काठमाडौं– सरकारको नेतृत्व गरेको पाँच महिनामा वालेन्द्र शाह ‘बालेन’को मन्त्रिमण्डलबाट

खेलाडीलाई बिदाइ गर्दै मन्त्रीले भने- बिना दबाब निडर भएर खेल्नू

काठमाडौं– जापानमा हुने २० औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली