फुलह्यामसँग बराबरीमा रोकियो लिभरपुल « Khabarhub

फुलह्यामसँग बराबरीमा रोकियो लिभरपुल


२१ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्लिस प्रिमियर लिग २०२२/०२३ सिजनको पहिलो खेलमा उपाधि दाबेदार लिभरपुल फुलह्यामसँग रोकिएको छ ।

शनिबार साँझ भएको खेलमा भ्रमणकारी टोली लिभरपुल फुलह्यामसँग २–२ गोलको बराबरीमा रोकियो ।

खेलमा दुई पटक अग्रता बनाएर पनि घरेलु टोली फुलह्यामले अंक बाढ्न बाध्य भयो । लिभरपुलले खेलमा पकड बनाए पनि फुलह्यामले घरेलु दर्शकमाझ काउन्टरमा बलियो दाबेदारी प्रस्तुत गर्‍यो ।

फुलह्याको लागि दुवै गोल एलेक्सान्डर मिट्रोभिकले गरे । उनले ३२ र ७२ मिनेटमा गोल गरे । यता, लिभरपुलका लागि डार्विन नुनेज र मोहम्मद सलाहले एक एक गोल गरे ।

यसै सिजन लिभरपुल अनुबन्ध भएका नुनेजले ६४औं मिनेटमा एक गोल गरे भने ८०औं मिनेटमा सलाहको गोलमा एक अशिष्ट प्रदान गरे ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  ७ : ३४ बजे

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २१ गते बुधबार सन्

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका