पाल्पा माओवादीद्वारा उम्मेदवार सिफारिस « Khabarhub

पाल्पा माओवादीद्वारा उम्मेदवार सिफारिस


२१ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा – नेकपा (माओवादी केन्द्र) पाल्पाले प्रतिनिधिसभा प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवार सिफारिस गरेको छ ।

माओवादीले पाल्पा क्षेत्र नम्बर १ प्रतिनिधिसभातर्फ लीला सोमै र क्षेत्र नं २ मा अनिलकिशोर घिमिरेलाई सर्वसम्मत सिफारिस गरेको छ । यसैगरी प्रतिनिधिसभा समानुपातिकतर्फ दलबहादुर राना, पार्वती विक, केशव पौडेल, हीरा थापा, बलु गैरे, अर्जुनकुमार श्रेष्ठ र तुलसा रानालाई सिफारिस गरेको छ ।

यसैगरी प्रदेशसभामा प्रत्यक्षतर्फ क्षेत्र नं १ ‘क’ मा कमलराज भट्टराईलाई सर्वसम्मत सिफारिस गरिएको छ भने ‘ख’ मा दिनेश अर्याल र हुमबहादुर सुनारी सिफारिसमा पर्नुभएको छ । क्षेत्र नं २ ‘क’ मा नेत्रप्रसाद पाण्डेयको एकल उम्मेदवारी सिफारिस परेको छ भने ‘ख’ मा वसन्त घर्ती, राजेन्द्र विक, चक्रब्युह थापा, पुरन केसी र मेघराज आचार्यलाई सिफारिस गरिएको छ ।

प्रदेशसभा समानुपातिकमा गीता विक, खुमबहादुर विक, जानुका घर्ती, केयरसिङ राना, शान्ता सारु, पदम सोमै, राजेश श्रेष्ठ, हेमराज अर्याल, पिताम्वर भट्टराई, हाजिरा खातुन, नवीन ओली, लक्ष्मी ढकाल, धनेन्द्रराज घिमिरे, लोकनाथ गौतम, नुना दिसुवा र जगत् सुनारीलाई सिफारिस गरिएको जनाइएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  ९ : ४१ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन