निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री कार्की « Khabarhub

निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री कार्की


२१ भदौ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।

मंगलबार काठमाडौँमा नेपाल प्रेस युनियनका पदाधिकारीसँगको भेटका क्रममा मन्त्री कार्कीले स्थानीय तहको निर्वाचनसँगै मुलुकको आधारशिला बलियो बनेको भन्दै अब मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचन पनि  स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन सरकार प्रतिबद्ध रहेको बताएका हुन्।

उनले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गरेर मुलुकलाई विकासको बाटोतर्फ अघि बढाउनुपर्ने दायित्व सबैको रहेको धारणा राखे। त्यस्तै मन्त्री कार्कीले अहिलेको गठबन्धन कसैको विरुद्ध लक्षित नभएर मुलुकको विकास र समृद्धिको लागि आवश्यकता भएको जिकिर गरे। मुलुकलाई अहिले राजनीतिक स्थिरता र संविधान र लोकतन्त्रको रक्षाका निमित्त गठबन्धन अपरिहार्य भएको उनको भनाइ छ ।

त्यस्तै कार्कीले आगामी १० वर्षभित्र मुलुकलाई विश्वकै धनि देशका रूपमा परिचित गर्नका लागि एकताबद्ध भएर मुलुकको पक्षमा काम गर्नुपर्ने बताए।

प्रकाशित मिति : २१ भदौ २०७९, मंगलबार  १० : २९ बजे

काइलीले करोडौँ डलरको ‘ब्रा’ लगाएपछि…

काठमाडौं- अमेरिकी रियालिटी टीभी स्टार एवम् मेकअप उद्यमी काइली जेनरले

डिसेम्बरमा स्वदेश फर्किने हसिनाको दृढता

काठमाडौं- बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बर महिनाभित्रै स्वदेश फर्कने

महानवमीमा सवारी साधनको पूजा

काठमाडौं- आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्वका अवसरमा सवारी

अमेजनले सन् २०२७ मा जर्मनीमा १६ अर्ब युरोभन्दा बढी लगानी गर्ने

बर्लिन- अमेरिकी प्रविधि कम्पनी अमेजनले सन् २०२७ मा जर्मनीमा १६

‘मिस वेलनेस वर्ल्ड २०२६’ का विजेता सन्वीलाई गृहनगरमा स्वागत

जनकपुरधाम- अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा ‘मिस वेलनेस वर्ल्ड २०२६’ की विजेता