बेलायती नयाँ प्रधानमन्त्री लिजलाई देउवाको बधाई « Khabarhub

बेलायती नयाँ प्रधानमन्त्री लिजलाई देउवाको बधाई


२१ भदौ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले लिज ट्रस बेलायतको कन्जरभेटिभ पार्टीको नेताको रुपमा निर्वाचित भएकोमा बधाई दिएका छन् ।

सोमबार ट्रस कन्जरभेटिभ पार्टीको नेतामा निर्वाचित भएपछि प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्वीटर मार्फत उनलाई बधाई दिएका हुन् ।

‘कन्जरभेटिभ पार्टीको नेताको रूपमा निर्वाचित भएकोमा म लिज ट्रसलाई हार्दिक बधाई दिन चाहन्छु  जसले उनलाई बेलायतको प्रधानमन्त्री बनाउनेछ,’ प्रधानमन्त्री देउवाले भनेका छन्, ‘लामो समयदेखिको नेपाल–बेलायत सम्बन्धलाई अझ सुमधुर बनाउन उहाँसँग काम गर्न म तत्पर छु ।’

विदेशमन्त्री लिज ट्रस सत्तारुढ कन्जरभेटिभ पार्टी नेता चुनिएसँगै उनी बेलायतको प्रधानमन्त्री हुने निश्चित भएको हो । यससँगै बेलायतले झन्डै दुई महिनापछि नयाँ प्रधानमन्त्री पाउने भएको छ ।

४७ वर्षीया ट्रसलाई  बेलायतकी महारानीले नयाँ प्रधानमन्त्रीको रूपमा मंगलबार नियुक्ति गर्नेछिन् ।

सुरुमा कन्जरभेटिभ पार्टीको दलको नेतामा आठ जना उम्मेदवारी दिए पनि अन्तिममा दुई जनाबीच दलको नेताको लागि निर्वाचन भएको थियो ।

पार्टीको संसदीय दलको नेताका लागि पार्टी सदस्यहरूले गत शुक्रबार मतदान गरेका थिए ।

सोमबार प्राप्त अन्तिम नजितामा सुनाकाले ६० हजार ३९९ र ट्रसले ८१ हजार ३२६ मत प्राप्त गरिन् । खसेको कुल मत मध्ये ट्रसले ५७.४ प्रतिशत र सुनाकले ४२.६ प्रतिशत मत प्राप्त गरेका थिए ।

सन् २०१९ को आम निर्वाचनमा बहुमत ल्याएर प्रधानमन्त्री बनेका बोरिस जोन्सनविरुद्ध आफ्नै मन्त्रिपरिषद्का पाँच दर्जन सदस्यले विद्रोह गरेपछि प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य भएका थिए ।

बेलायतमा बढ्दो मुद्रास्फीति तथा बैंक ब्याजदर, आर्थिक मन्दी, खाद्यान्न तथा ऊर्जामा उच्च मूल्यवृद्धि, युक्रेन–रुस युद्धलगायतका मुख्य चुनौती नयाँ प्रधानमन्त्री ट्रसले सामना गर्नु पर्ने छ ।

यसअघि उनले आफू प्रधानमन्त्री बनेमा एक साताभित्र ऊर्जामा बढ्दो उच्च मूल्यवृद्धि घटाउने, राहताका प्याकेज घोषणा गर्ने बताएकी थिइन् ।

प्रकाशित मिति : २१ भदौ २०७९, मंगलबार  ११ : ४१ बजे

काइलीले करोडौँ डलरको ‘ब्रा’ लगाएपछि…

काठमाडौं- अमेरिकी रियालिटी टीभी स्टार एवम् मेकअप उद्यमी काइली जेनरले

डिसेम्बरमा स्वदेश फर्किने हसिनाको दृढता

काठमाडौं- बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बर महिनाभित्रै स्वदेश फर्कने

महानवमीमा सवारी साधनको पूजा

काठमाडौं- आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्वका अवसरमा सवारी

अमेजनले सन् २०२७ मा जर्मनीमा १६ अर्ब युरोभन्दा बढी लगानी गर्ने

बर्लिन- अमेरिकी प्रविधि कम्पनी अमेजनले सन् २०२७ मा जर्मनीमा १६

‘मिस वेलनेस वर्ल्ड २०२६’ का विजेता सन्वीलाई गृहनगरमा स्वागत

जनकपुरधाम- अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा ‘मिस वेलनेस वर्ल्ड २०२६’ की विजेता