विनोद चौधरीको नाम दुई जिल्लाका तीन ठाउँबाट सिफारिस « Khabarhub

विनोद चौधरीको नाम दुई जिल्लाका तीन ठाउँबाट सिफारिस


२१ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीको नाम प्रतिनिधिसभा प्रत्यक्षतर्फ उम्मेदवारमा तीन ठाउँबाट सिफारिस भएको छ । प्रतिनिधिसभा सदस्यसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य चौधरीको नाम नवलपरासीको क्षेत्र नम्बर १ का साथै नवलपुर निर्वाचन क्षेत्र नम्बर १ र २ बाट प्रत्यक्षतर्फ उम्मेदवारमा सिफारिस भएको हो ।

नवलपरासी १ मा कांग्रेस नेता चौधरीसहित पाँच जनाको नाम सिफारिस भएको छ । नवलपुर क्षेत्र नम्बर १ मा कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालाले निर्वाचन लड्दै आएका छन् । उनी तीनपटक यही निर्वाचन क्षेत्रबाट निर्वाचित हुन् । यसपटक पनि पूर्व महामन्त्री कोइरालाले निर्वाचन लड्ने आकांक्षा राखेका छन् ।

नवलपुर क्षेत्र नम्बर २ मा कांग्रेस नेता एवं उद्योगी चौधरीलाई उम्मेदवार बनाउनुपर्ने स्थानीयको माग छ । उनले उक्त क्षेत्रमा पछिल्लो समय व्यापक सक्रियता बढाएका छन् ।

कांग्रेस नेता चौधरीले पार्टीको निर्णयअनुसार आफू जहाँबाट पनि चुनावमा उठ्न तयार रहेको बताउँदै आएका छन् । कांग्रेसले अघिल्लो पटक समानुपातिक सूचीमा रहेका नेताहरुलाई यसपटक नदोहोर्‍याउने नीति लिएको छ । कांग्रेस नेता चौधरी २०७४ सालमा समानुपातिकतर्फ सांसद बनेका हुन् । चौधरीले टिकट पाउने पक्कापक्की भए पनि निर्वाचन क्षेत्र भने यकिन भएको छैन ।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  २ : १० बजे

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

कालीगण्डकीले धार फेरेपछि उजाडियो तिल्केनीचौर बस्ती

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरका गमबहादुर सेञ्चुरीको घर नजिकै दुई