आतङ्कवादीसँगको झडपमा ५ पाकिस्तानी सैनिकको मृत्यु « Khabarhub

आतङ्कवादीसँगको झडपमा ५ पाकिस्तानी सैनिकको मृत्यु


२१ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानमा ५ सैनिकको मृत्यु भएको छ । पाकिस्तानको उत्तरी वजिरिस्तान जिल्लाको बोया क्षेत्रमा आतङ्कवादीहरूसँग भएको झडपमा पाँच जना पाकिस्तानी सैनिकको मृत्यु भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

गोप्य सूचनाका आधारमा उक्त स्थानमा सेनाले कारवाही गर्दा चार जना आतङ्ककारी पनि मारिएको पाकिस्तानी सेनाको अन्तरसेवा सार्वजनिक सम्बन्ध अर्थात् इन्टर सर्भिसेस पब्लिक रिलेसन्स (आइएसपीआर) ले जनाएको छ ।

उक्त स्थानबाट हातहतियार पनि बरामद भएको जनाइएको छ । मारिएका आतङ्ककारीहरु सुरक्षा फौज एवम् निर्दोष नागरिकको हत्यामा सक्रिय रूपमा संलग्न रहेको आईएसपीआरले जनाएको छ ।

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा प्रहरीमाथि आक्रमणका घटना बढ्दै गएका छन् । पाकिस्तानी अधिकारीहरूले सबै सुरक्षा चौकीहरूमा सुरक्षा व्यवस्था सुदृढ बनाएका छन् ।

यसअघि गत साउन ३० गते सुरक्षा बलले उत्तरी वजिरिस्तान जिल्लाको मीरअली क्षेत्रमा गरेको कारबाहीका क्रममा एक जना आतङ्कवादीको मृत्यु भएको थियो ।

त्यसअघि सोही इलाकामा आतङ्ककारी र सुरक्षाकर्मीबीच झडप हुँदा एक जना सैनिक जवानको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  ३ : ०० बजे

ट्रम्पद्वारा इरानको युद्धविराम प्रस्ताव अस्वीकार, पुनः आक्रमणको दाबी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अघि सारेको युद्धविराम

साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी

रियाद– यमनका हुथी विद्रोहीले साउदी अरबमाथि आक्रमण तीव्र पारेपछि साउदी

वाग्मती सफाइ महाअभियान ६९८ औँ हप्तामा

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

पर्सामा विपद् सम्बन्धी जानकारी दिन जनचेतनामूलक कार्यक्रम

वीरगञ्ज– विपद्को समयमा सुरक्षित रहने उपायबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले

युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप जटिल बनाउने पुटिनको चेतावनी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका उत्तेजक तथा तनाव बढाउने