आतङ्कवादीसँगको झडपमा ५ पाकिस्तानी सैनिकको मृत्यु « Khabarhub

आतङ्कवादीसँगको झडपमा ५ पाकिस्तानी सैनिकको मृत्यु


२१ भदौ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानमा ५ सैनिकको मृत्यु भएको छ । पाकिस्तानको उत्तरी वजिरिस्तान जिल्लाको बोया क्षेत्रमा आतङ्कवादीहरूसँग भएको झडपमा पाँच जना पाकिस्तानी सैनिकको मृत्यु भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

गोप्य सूचनाका आधारमा उक्त स्थानमा सेनाले कारवाही गर्दा चार जना आतङ्ककारी पनि मारिएको पाकिस्तानी सेनाको अन्तरसेवा सार्वजनिक सम्बन्ध अर्थात् इन्टर सर्भिसेस पब्लिक रिलेसन्स (आइएसपीआर) ले जनाएको छ ।

उक्त स्थानबाट हातहतियार पनि बरामद भएको जनाइएको छ । मारिएका आतङ्ककारीहरु सुरक्षा फौज एवम् निर्दोष नागरिकको हत्यामा सक्रिय रूपमा संलग्न रहेको आईएसपीआरले जनाएको छ ।

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा प्रहरीमाथि आक्रमणका घटना बढ्दै गएका छन् । पाकिस्तानी अधिकारीहरूले सबै सुरक्षा चौकीहरूमा सुरक्षा व्यवस्था सुदृढ बनाएका छन् ।

यसअघि गत साउन ३० गते सुरक्षा बलले उत्तरी वजिरिस्तान जिल्लाको मीरअली क्षेत्रमा गरेको कारबाहीका क्रममा एक जना आतङ्कवादीको मृत्यु भएको थियो ।

त्यसअघि सोही इलाकामा आतङ्ककारी र सुरक्षाकर्मीबीच झडप हुँदा एक जना सैनिक जवानको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २१ भदौ २०७९, मंगलबार  ३ : ०० बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको