आगामी निर्वाचनका लागि चुनावी चहलपहल सुरु  « Khabarhub

आगामी निर्वाचनका लागि चुनावी चहलपहल सुरु 


२१ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राँझा- आगामी मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा उम्मेदवार सिफारिशससँगै चुनावी चहलपहल पनि सुरु भएको छ । ठूला दल नेकपा एमाले, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले प्रदेश तथा प्रतिनिधिसभा सदस्यका लागि तीन वटै क्षेत्रमा सम्भावित उम्मेदवारको नाम सिफारिस गरिसकेका छन् भने नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दल भने उम्मेदवारी सिफारिसमा जुटेका छन् ।

नेपाली कांग्रेसले बाँके क्षेत्र नं १ मा जिल्ला सभापति नारायणप्रसाद गौडेल, पूर्वक्षेत्रीय सभापति माधवराम खत्री र तरुण दलका पूर्व महासचिव हुर्मतकुमार न्यौपानेको नाम सिफारिस गरेको छ । 

क्षेत्र नं २ मा पूर्वजिल्ला सभापति किरण कोइराला, क्षेत्र नं २ का सचिव सुनिलसिंह हमाल र पूर्वजिल्ला सदस्य तथा तरुण दलका जिल्लाअध्यक्ष वीरेन्द्रबहादुर शाहको नाम सिफारिस गरिएको छ । त्यसैगरी क्षेत्र नं ३ मा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति पूर्णबहादुर खड्का, प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु देउवा, कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठोरसहित बाँकेका बादशाह कुर्मी, आशा बिक, मेघराज ओली, लक्ष्मणनारायण शाह, मोहम्मद नक्की खाँ, देवबहादुर खत्री, उत्तमराज घिमिरे र तेजेन्द्र कँडेलको नाम पनि सिफारिस भएको क्षेत्र नं ३ का सभापति महोम्मद नक्की खाँले बताए ।

नेकपा (एमाले) ले पनि जिल्लाका तीनवटै प्रतिनिधिसभा र छ वटै प्रदेशसभा सदस्यमा उम्मेदवारको नाम सिफारिस गरेको छ । क्षेत्रीय कमिटीबाट सिफारिस भएका सम्भावित उम्मेदवारको सूचीमा अधिकांश नयाँ अनुहार छन् ।

क्षेत्र नं १ मा केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज सूर्य ढकाल, अनुशासन आयोग सदस्य देवराज भार, प्रदेश कमिटी सदस्य पुजन विश्वकर्मा र जिल्ला सचिवालय सदस्य बलराम भट्टराईको नाम सिफारिस गरिएको पार्टीका  जिल्लाउपाध्यक्ष डिल्ली बिसीले जानकारी दिए ।

उनका अनुसार क्षेत्र नं २ मा केन्द्रीय सदस्य मोहम्मद हारुन हल्वाई, प्रदेश कमिटी सदस्य शिव डोटेल र रवीन्द्र लम्सालको नाम सिफारिस भएको छ । यसैगरी  क्षेत्र नं ३ कमिटीले प्रतिनिधिसभा सदस्य उम्मेदवारको लागि जिल्ला कमिटी अध्यक्ष किस्मतकुमार कक्षपति र सचिव रत्न खत्रीको नाम सिफारिस गरेको छ । जनता समाजवादी पार्टीले क्षेत्र नं २ मा पार्टीका केन्द्रीय सचिव एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईको एकल नाम सर्वसम्मत गरी पठाएको उक्त पार्टीका जिल्ला सचिव राजेन्द्र बिकले जानकारी दिए ।

उम्मेदवारको सिफारिससँगै आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्ष्य गरेर बाँकेमा राजनीतिक दलको चुनावी चहलपहल सुरु भएको छ । राजनीतिक दलहरूले चुनाव केन्द्रित राजनीतिक गतिविधि सञ्चालन गर्न थालेका छन् । भने स्वतन्त्र उम्मेदवार घोषणा गर्ने क्रम पनि बढ्दै गएको छ । तीन संघीय र छ प्रदेश निर्वाचन क्षेत्र रहेको बाँकेमा निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न दलहरूले चुनाव केन्द्रित अभियानसहित सक्रियता देखाउन थालेका छन् । 

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  ३ : २६ बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी