माओवादी केन्द्र खोटाङले टुंग्यायो उम्मेदवार « Khabarhub

माओवादी केन्द्र खोटाङले टुंग्यायो उम्मेदवार


२१ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

खोटाङ- प्रतिनिधिसभा निर्वाचनका लागि माओवादी केन्द्र खोटाङले प्रत्यक्षमा पूर्व सांसद टंक राईसहित चार जनाको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।

आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि प्रत्यक्षमा माओवादीका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष टंक राई, केन्द्रीय सदस्य रामकुमार राई (पासाङ), समिता कार्की (अस्मिता) र दुर्गाजयन्ती राईको नाम सिफारिस गर्ने निर्णय गरिएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

समानुपातिकतर्फ प्रदेश समिति सदस्य टंकनाथ तामाङ र परशुराम विश्वकर्माको नाम सिफारिस गरिएको माओवादी जिल्ला समन्वय समिति खोटाङका संयोजक दीपक पाण्डेले जानकारी दिए । जिल्ला समन्वय समितिको आयोजनामा प्रदेश समिति सदस्य र सो भन्दा माथिल्लो जिम्मेवारीमा रहेका नेताको उपस्थितिमा सोमबार र मंगलबार भएको बैठकले उम्मेदवार टुंगो लगाएको हो ।

माओवादीले प्रदेश सभा (क)मा प्रत्यक्षतर्फ जीवन राई (संगीन), हस्तबहादुर राई (आमोद), विकास राई र सीताराम अधिकारीलाई सिफारिस गरेको छ । यस्तै, समानुपातिकतर्फ जयप्रसाद आचार्य, मनकुमारी रसाइली, अगमसिंह राई, बन्दना तामाङ, ज्ञानबहादुर भुजेल र जयप्रकाश राईको नाम सिफारिस भएका छन् ।

प्रदेश सभा (ख)मा प्रत्यक्षतर्फ ध्रुव बुढाथोकी (धिरन), देवान चाम्लिङ (पृथ्वी) र दीपक पाण्डे (आकाश)को नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ निसाना राई, कल्पना चाम्लिङ (सोनीया), विनिता राई (सुशील), डा. विष्णु राई, नवल खड्का, गजेन्द्र राई, सुमिना राई र नरेन्द्र निर्विकारको नाम सिफारिस गरिएको माओवादीले जनाएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  ४ : ३५ बजे

झापामा सुपथ मूल्य पसल : चामलदेखि नुनसम्ममा छुट

झापा– दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा चामलदेखि

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा