लिज ट्रसलाई हरेक पाइलामा समर्थन गर्ने बोरिस जोनसनको बाचा « Khabarhub

लिज ट्रसलाई हरेक पाइलामा समर्थन गर्ने बोरिस जोनसनको बाचा


२१ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  बेलायतका निवर्तमान प्रधानमन्त्री बोरिस जोनसनले मङ्गलबार आफ्नो उत्तराधिकारी लिज ट्रसलाई समर्थनको बाचा गरेका छन् । उनले बेलायती प्रधानमन्त्रीको रुपमा १० डाउनिङ स्ट्रिटमा आफ्नो विदाई सम्बोधनका क्रममा यस्तो बाचा गरेका हुन् ।

जोनसनको कार्यकाल ब्रेक्सिट र कोभिडको प्रभुत्व रहेको थियो । महारानी एलिजाबेथ द्वितीयसँग भेटवार्ता गर्न स्कटल्याण्ड जानुअघि जोनसनलाई उनका समर्थकहरुले जयजयकार र ताली बजाएर विदाई गरेका थिए ।

उनले भने ‘म लिज ट्रस र नयाँ सरकारलाई हरेक पाइलामा समर्थन गर्नेछु ।’ उनले आफ्नो सत्तारुढ कन्जरभेटिभ पार्टीलाई उर्जा सङ्कट समाधान गर्नका लागि आफ्नो मतभेदलाई पन्छाउन आग्रह गरेका छन् ।

उर्जा सङ्कट ट्रसको कार्यकालको निकट भविष्यमा चुनौतीका रुपमा देखा पर्ने अपेक्षा गरिएको छ ।

“यदि डिलिन (उनको कुकुर) र ल्यारी (डाउनिङ स्ट्रिटको मुसा मार्ने आधिकारिक बिरालो) ले उनीहरूको सामयिक कठिनाइहरू पछाडि राख्न सक्छ भने कन्जरभेटिभ पार्टीले पनि सक्छ,“ उनले थपे ।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  ४ : ३३ बजे

अमेरिका र इरानबीच मध्यस्थकर्ताकाे छुट्टाछुट्टै वार्ता : युद्ध अन्त्य र होर्मुज मार्ग खोल्ने नयाँ प्रयास

एजेन्सी– सात महिना लामो युद्ध अन्त्य गर्ने नयाँ प्रयासस्वरूप अमेरिका

बालेन र रविको फोटो पोस्ट गर्दै बाबुराम लेख्छन्- लोकतन्त्रमा सबै काम विधिसम्मत हुनुपर्छ !

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय

चितवन– चितवनमा पाँच वर्षमुनिका बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढेको

परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा

झापामा सुपथ मूल्य पसल : चामलदेखि नुनसम्ममा छुट

झापा– दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा चामलदेखि