कागेश्वरी मनोहरामा ज्येष्ठ नागरिकलाई घरमै निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था « Khabarhub

कागेश्वरी मनोहरामा ज्येष्ठ नागरिकलाई घरमै निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था


२१ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाले नगरभित्रका ज्येष्ठ नागरिकलाई घरघरमा पुगेर निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गरेको छ । नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले कार्यभार सम्हालेको एक सय दिनको अवसरमा आज पत्रकार सम्मेलन गर्दै ज्येष्ठ नागरिकलाई घरघरमा निःशुल्क स्वास्थ्य परीक्षणदेखि चाडपर्व मनाउने खर्चसमेत वितरण गर्न लागिएको जानकारी दिए ।

“ज्येष्ठ नागरिकलाई वर्षको एकपटक विशेषज्ञ स्वास्थ्य सेवा सञ्चालन गर्ने र आगामी दशैँ अगाडि ज्येष्ठ नागरिक चाडबाड खर्चबापत रु एक हजार उपलब्ध गराउने निर्णय गरेका छौँ”, कार्कीले भने ।

उनले मेयरसँग ज्येष्ठ नागरिक घरदैलो निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर कार्यक्रमअन्तर्गत सबै वडाका ज्येष्ठ नागरिकको स्वास्थ्य चेकजाँचका लागि वडा नम्बर–९ बाट सुरु गरिएको जानकारी दिए । ज्येष्ठ नागरिकलाई खाजा, ज्येष्ठ नागरिक भवन तथा ज्येष्ठ नागरिक पार्कका लागि पनि गृहकार्य सुरु गरिएको उनको भनाइ छ ।

नगरपालिकाले किसान कार्डको व्यवस्था गर्दै वर्ष र बाढीबाट क्षति बेहोरेका किसानलाई क्षतिपूर्ति र अर्गानिक कृषि व्यवसाय प्रवद्र्धनका लागि अनुदानको व्यवस्था गर्ने घोषणा गरेको छ । स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन मेडिकल अधिकृत थपेको सो नगरपालिकाले १५ शय्याको नगर अस्पतालका लागि सङ्घीय सरकारबाट रु २० करोड रकम लिएर काम अघि बढाएको नगरप्रमुख कार्कीले बताए ।

यस्तै, शिक्षातर्फ सुधारका लागि नगरशिक्षा ऐन संशोधन गरेको छ भने एक शिक्षक एक ल्यापटप अभियान सञ्चालन गरेको छ । ल्यापटप अभियानअन्तर्गत दुई सय नौ शिक्षकलाई ल्यापटप वितरण गरिएको नगरप्रमुख कार्कीको भनाइ छ ।

“सामुदायिक विद्यालयको दरबन्दी अभावको समस्या समाधानका लागि नगरपालिकाले आन्तरिक स्रोतबाटै उच्च माविमा आइसिटी र खेलकुदलगायत शिक्षक व्यवस्था गरेको छ”, उनले भने । विधायनको दर्ता र नवीकरण बापतको शुल्कमा २५ प्रतिशत घटाएको नगरप्रमुख कार्कीको भनाइ छ ।

सामुदायिक विद्यालयमा इसिडी कक्षा सञ्चालनका लागि नगरपालिकाले प्रधानाध्यापकलाई प्रोत्साहन भत्ता, विद्यालय कर्मचारीलाई थप पारिश्रमिक र शिक्षकलाई दिवा खाजाको व्यवस्था गरेको जनाएको छ ।

यस्तै, नगरपालिकाले नगरभित्रको फोहोरको परिमाण घटाउन स्रोतमै फोहोरको वर्गीकरण गरी छुट्टाउने नीति लिँदै नगरभित्रै फोहोर व्यवस्थापनको तयारी गरेको हो । कागेश्वरी मनोहरालाई खेलकुद नगरी बनाउनका लागि नगरपालिकाले खेल क्षेत्रलाई उच्च प्राथमिकता राखेर बजेट विनियोजन गरेको उनको भनाइ छ ।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  ७ : १४ बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी