कृषिलाई व्यवस्थित गरी आयात प्रतिस्थापन गर्नुपर्छ : अध्यक्ष नेपाल « Khabarhub

कृषिलाई व्यवस्थित गरी आयात प्रतिस्थापन गर्नुपर्छ : अध्यक्ष नेपाल


२१ भदौ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कृषि क्षेत्रलाई व्यवस्थित गरी मुलुकमा आयात प्रतिस्थापन गर्नुपर्ने बताएका छन् ।

किसान सङ्गठनका प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै अध्यक्ष नेपालले मुलुकमा आत्मनिर्भर हुने कृषि उत्पादन वृद्धि गरी अर्थतन्त्रलाई गतिशील बनाउन सकेमा देशको विकास सम्भव भएको बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले कृषि र वनसँग सम्बन्धित थुप्रै कार्यक्रमलाई किसानको आयस्तर वृद्धिसँग जोडनुपर्ने बताउँदै देशको अर्थतन्त्र आत्मनिर्भर गर्न कृषिलाई जीवनोपयोगी बनाउनु जरुरी भएको विचार व्यक्त गरे ।

अत्याधुनिक प्रविधिको प्रयोग गरी उत्पादन गरेर रूपान्तरण गर्नुको विकल्प नभएको औँल्याउँदै उनले कृषि क्षेत्रको रूपान्तरणको लागि प्रतिनिधिमण्डलले ल्याएका मागप्रति आफ्नो पार्टीको ऐक्यबद्धता प्रकट गरे ।

अखिल नेपाल किसान महासङ्घका अध्यक्ष बलराम बाँस्कोटा, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का अध्यक्ष चित्रबहादुर श्रेष्ठ, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरव रेग्मी, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का अध्यक्ष सीताराम तामाङ, अखिल नेपाल किसान युनियनका अध्यक्ष रामदुलार महतो र अखिल नेपाल प्रगतिशील किसान सङ्घका अध्यक्ष दुर्गाप्रसाद जैसीले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका थिए ।

प्रकाशित मिति : २१ भदौ २०७९, मंगलबार  ७ : ४१ बजे

चाडपर्वमा खानपानजन्य समस्याबाट बच्न चिकित्सकको सुझाव

चितवन- दसैँको बिदामा पनि विशेषज्ञ सेवा दिँदै आएको चितवन मेडिकल

दक्षिणी सीमामा हतियार थप्ने किम जोङ उनकी बहिनीको चेतावनी

सोल- उत्तर कोरियाले दक्षिण कोरियासँगको सीमामा थप हतियार तैनाथ गर्ने

नवरात्रको अन्तिम दिनः सिद्धिदात्री देवीको विधिपूर्वक विशेष पूजाआराधना

काठमाडौँ- शारदीय नवरात्र अथात् दुर्गा पक्षको दशौँ दिन दसैँ घर

स्वाद मात्र होइन, खाना नेपाली संस्कृति पनि हो : वरिष्ठ सेफ केसी

काठमाडौँ- खाना जिब्रोको स्वादका लागि मात्र नभएर शारीरिक स्वास्थ्यका लागि

गण्डकीमा सघन उपचारका लागि २५ शय्या थप

कास्की- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २५ शय्याको