कृषिलाई व्यवस्थित गरी आयात प्रतिस्थापन गर्नुपर्छ : अध्यक्ष नेपाल « Khabarhub

कृषिलाई व्यवस्थित गरी आयात प्रतिस्थापन गर्नुपर्छ : अध्यक्ष नेपाल


२१ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कृषि क्षेत्रलाई व्यवस्थित गरी मुलुकमा आयात प्रतिस्थापन गर्नुपर्ने बताएका छन् ।

किसान सङ्गठनका प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै अध्यक्ष नेपालले मुलुकमा आत्मनिर्भर हुने कृषि उत्पादन वृद्धि गरी अर्थतन्त्रलाई गतिशील बनाउन सकेमा देशको विकास सम्भव भएको बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले कृषि र वनसँग सम्बन्धित थुप्रै कार्यक्रमलाई किसानको आयस्तर वृद्धिसँग जोडनुपर्ने बताउँदै देशको अर्थतन्त्र आत्मनिर्भर गर्न कृषिलाई जीवनोपयोगी बनाउनु जरुरी भएको विचार व्यक्त गरे ।

अत्याधुनिक प्रविधिको प्रयोग गरी उत्पादन गरेर रूपान्तरण गर्नुको विकल्प नभएको औँल्याउँदै उनले कृषि क्षेत्रको रूपान्तरणको लागि प्रतिनिधिमण्डलले ल्याएका मागप्रति आफ्नो पार्टीको ऐक्यबद्धता प्रकट गरे ।

अखिल नेपाल किसान महासङ्घका अध्यक्ष बलराम बाँस्कोटा, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का अध्यक्ष चित्रबहादुर श्रेष्ठ, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरव रेग्मी, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का अध्यक्ष सीताराम तामाङ, अखिल नेपाल किसान युनियनका अध्यक्ष रामदुलार महतो र अखिल नेपाल प्रगतिशील किसान सङ्घका अध्यक्ष दुर्गाप्रसाद जैसीले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका थिए ।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  ७ : ४१ बजे

झापामा सुपथ मूल्य पसल : चामलदेखि नुनसम्ममा छुट

झापा– दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा चामलदेखि

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा