भारतद्वारा अफगानिस्तानलाई थप ३२ टन चिकित्सा सामग्री प्रदान « Khabarhub

भारतद्वारा अफगानिस्तानलाई थप ३२ टन चिकित्सा सामग्री प्रदान


२१ भदौ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतले अफगानिस्तानलाई थप ३२ टन अत्यावश्यक चिकित्सा सामग्री प्रदान गरेको छ । मानवीय सहायता कार्यक्रमअन्तर्गत भारतले अफगानिस्तानलाई चिकित्सा सामग्री प्रदान गरेको हो ।

भारतले प्रदान गरेका चिकित्सा सामग्री राजधानी काबुलमा रहेको इन्दिरा गान्धी अस्पतालमा हस्तान्तरण गरिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

गत वर्षको अगस्ट महिनामा तालिबानले सत्ता कब्जा गरेसँगै चरम मानवीय संकटमा फसेको अफगानिस्तानलाई तत्काल मानवीय सहायता उपलब्ध गराउन संयुक्त राष्ट्रसंघको आह्वानअनुसार भारतले सहयोग गरेको भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

भारतले अफगानिस्तानलाई प्रदान गरेका चिकित्सा सामग्रीमा जीवन बचाउने औषधि, क्षयरोगविरुद्धको औषधि, ५ लाख डोज कोभिड १९ विरुद्धको खोप समावेश छन् ।

भारतले अफगानिस्तानलाई नियमितजसो चिकित्सा सामग्री प्रदान गर्दै आएको छ । यसबाहेक भारतले अफगानिस्तानमा गहुँलगायतका खाद्यान्न पनि प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : २१ भदौ २०७९, मंगलबार  ९ : ४५ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको