मध्यपुरथिमिमा मल्लकालीन युद्धको झल्को दिने खाँ पिहाँवइगु जात्रा | Khabarhub Khabarhub

मध्यपुरथिमिमा मल्लकालीन युद्धको झल्को दिने खाँ पिहाँवइगु जात्रा


२० आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

भादगाउँ – बडादसैँको एघारौँ दिन पापाङ्कुशा एकादशीको अवसरमा आज मध्यपुरथिमिमा मल्लकालीन युद्धको झल्को दिने गरी खाँ पिहाँवइगु (खाँ निस्कने) जात्रा सुरु हुँदैछ ।

तत्कालीन राजदरबारको रुपमा रहेको लाय्कुस्थित तलेजु भवानीको द्यो छेंबाट खड्ग, तरबार, ढाल, युद्धकवजलगायत मल्लकालीन युद्धमा प्रयोग हुने साधन बोकेर युद्ध कला प्रदर्शन गर्दै उक्त जात्रा सम्पन्न गरिन्छ । दरबारसँग सम्बन्धित फरक समुदायलाई सहभागी गराइने खाँ पिहाँवइगु जात्रामा गुठीयारले जामा लगाई खड्ग, ढाल र तरबार हातमा बोकेर नगरका विभिन्न टोलमा तत्कालीन युद्धकला प्रदर्शन गर्दछन् ।

तत्कालीन दरबारबाट निकालिने यो जात्रालाई थहनेया टोल (माथिल्लो टोल)को रूपमा इनाएटोल, दुईपोखरी हुँदै दिगु भैरवसम्म र कोहनेया टोल (तल्लो टोल)को रूपमा दथुटोल हुँदै बालकुमारीसम्म प्रदर्शन गरिएको थियो । जात्रामा दसैंको नवमीमा तलेजु भवानीलाई चढाइएको बलि र कोतभित्र अवस्थित देवता र दरबारको राजदण्डलाई सम्मिलित गराएर नगर परिक्रमा गराइन्छ । विशेष गरी यो जात्रामा नायः पःमां (तत्कालीन दरबारका प्रशासक, श्रेष्ठ थरका), कर्माचार्य, जोशी, कुटु, प्याथः (प्रजापति), खड्गी समुदायको प्रत्यक्ष सम्लग्नता रहन्छ ।

जात्रामा महानवमीको राति तलेजुमा बलि दिइएको खःम्येको (राँगाको) टाउकोलाई समेत नगर परिक्रमा गराई प्रदर्शन गरिन्छ । जात्राका अवसरमा बालकुमारी भुईंफसी (कुभिन्डो) मार हानेर बलि दिइन्छ । बलि दिइएको कुभिन्डो प्रसादको रुपमा लिए रोगबाट बच्न सकिने जनविश्वास रहेको छ । जात्राको अन्तिममा भुईंफसी (मार हान्ने) भएकाले यसलाई भुईंफसी पालेगु जात्रा पनि भनिन्छ । जात्रा अवलोकनका लागि स्थानीयवासीको ठूलो भीड लाग्ने गर्दछ ।

पायःद्यो : जात्रा सम्पन्न

विजयादशमीको मध्यरातको समयमा मनाइने भक्तपुरको तलेजुमा पायःद्यो (खड्ग ) जात्रा गए राति सम्पन्न भएको छ । तलेजु भवानीको साक्षात रुप मानिने पायःद्यो (खड्ग देवता) लाई रातो कपडाले बरेर युद्ध कवच पहिर्रयाइ जात्रा मनाइने गरिन्छ ।

विजयादशमीको राती तलेजु आगम मन्दिरको ख कुथि कोठावाट तान्त्रिक विधिपूर्वक पूजा गरिएका बलिपात्र र शस्त्र, अस्त्रसहित तलेजुको प्रतीरुप पाय द्यो तलेजुका मूल आचाजु, पुरोहितले राजोपाद्यायलाई खड्ग हस्तान्तरण गरेपछि जात्रा प्रारम्भ हुने गर्दछ । जात्राको क्रममा तलेजुमा सम्बद्ध राजोपाध्यायले पायः द्योलाई आफ्नो काँधमा बोकेर तलेजु मूलचोकवाटबाट बेको चोक पुगेपछि सर्वसाधारणका लागि पूजा र दर्शन गर्न दिने परम्परा छ ।

पायःद्यो दरवार स्क्वायरस्थित स्वर्णद्वार पुगेपछि पङ्क्तिबद्ध रुपमा प्रतीक्षारत रहेका नवदुर्गा देवगणलाई पालैपालो मन्त्रसिद्धि प्रदान गरिन्छ । तलेजु भवानीवाट मन्त्रसिद्धि प्राप्तिपछि पायः द्यो नवदुर्गा देवगणसहित यात्रापथमा अगाडि वढ्ने प्रचलन रहेको छ । जात्रा चन्द्रमासको तिथि र गतिका आधार माइन्छ ।

सेतो घोडा जात्रा सम्पन्न

तलेजु भवानीका वाहनको प्रतिक सेतो घोडाको जात्रा गए राति सम्पन्न भएको छ । ऐतिहासिक तथा सांस्कृतिक महत्वको घोडाजात्रा प्रत्येक वर्ष विजयादशमी र एकादशीको रात्रिकालीन समयमा गर्ने परम्परा छ ।

जात्रा अगाडि तलेजुका चार मुल नाइके, आचाजु, जोशी, राजोपाध्यायबाट तान्त्रिक विधिअनुरुप तलेजु भवानीलाई कालरात्रि पूजा, टीका साइत पूजा गरी विर्सजन गरिन्छ । पूजा सम्पन्न भएपछि घोडालाई विधिवत्रुपमा पूजा गरी भेडाको बलि दिइसकेपछि भक्तपुर नगरमा डुलाइ घोडा जात्रा सुरु गरिने पूजारी नरेन्द्र जोशीले बताए।

घोडालाई तलेजुको मूलचोकवाट बाहिर ल्याइसकेपछि भक्तपुर नगरको तल्लो टोल दरवार क्षेत्रवाट खौमा, इटाछें, भार्वाचो, वंशगोपाल, भुजीकोखा, नारायणचोक र माथिल्लो टोल दरबार क्षेत्र खिछें, चोछें, भोलाछें, थालाछें, दत्तात्रय, गोलमढी, सुकुलढोका र टौमढी हुँदै नारायणचोकसम्म घुमाइ जात्रा सम्पन्न गरिने गरिन्छ ।

प्रकाशित मिति : २० आश्विन २०७९, बिहीबार  ८ : ४५ बजे

‘नेपाली खानालाई विश्वमाझ फैलाउन आवश्यक’

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले

निसानद्वारा नौ हजार रोजगारी कटौतीको घोषणा, बिक्रीको अनुमान घट्यो

जापान – जापानी कार उत्पादक कम्पनी निसानले बिहीबार नौ हजार

सरकारको कामलाई प्रभावकारी बनाउन संयन्त्र बनाइएको हो : नेता महत

चितवन – नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सरकारको कामलाई

‘पूर्णबहादुरको सारङ्गी’ले पायो एकैदिन ३८० भन्दाबढी ‘शो’

काठमाडौं । गत सातादेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’

चीन ऊर्जा उत्पादनका लागि कोइलामा निर्भर

काठमाडौं – चीन ऊर्जा उत्पादनका लागि कोइलामा निर्भर रहँदै आएको