पहिरोले बेसिशहर चामे सडक अवरुद्ध | Khabarhub Khabarhub

पहिरोले बेसिशहर चामे सडक अवरुद्ध


२० आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

लमजुङ – मनाङ जाने एकमात्र बेसिशहर चामे सडक वर्षाका कारण बाढी पहिरोले अवरुद्ध भएको छ ।

बुधबार दिउसोदेखि मर्स्याङ्दी गाउँपालिका ४ का विभिन्न ठाउँमा पहिरो गएपछि बेंसीसहर–चामे सडक अवरुद्ध भएको हो ।

अर्खलेबेंसीदेखि जगतसम्मको बाटो ठाउँठाउँमा पहिरो गएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार बेंसीसहर–चामे सडकको मनाङ खण्डमा पनि बाढी पहिरोले सडक क्षतविक्षत बनाएको छ ।

मनाङको तल्लो क्षेत्र नासों गाउँपालिका ३, खोत्रोमा बाढीले सडक बगाएपछि यातायात सेवा अवरुद्ध भएको छ । बाढी पहिरोले बाटो बगाउने, पहिरो आउने र बगाउने गर्नाले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विष्णु बिकका अनुसार बुधबार अपराह्न सवा ४ बजेतिर बेंसीसहर–चामे सडक खण्डको मर्स्याङ्दी गाउँपालिका ४ मा पर्ने अर्खले र जगतबीचको २ ठाउँमा माथिबाट पहिरो खसेपछि सडक पूर्णरुपमा अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि मर्स्याङ्दी गाउँपालिकाको उत्तरी क्षेत्र साथै हिमाली जिल्ला मनाङको सिंगो बासिन्दाले सास्ती खेप्नु परेको छ ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश श्रीमलले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको बताए । ‘पानी परिरहेको छ । सडक खुलाउन सकिरहेको छैन’ उनले भने । प्रमुख जिल्ला अधिकारी सुशील बैद्यले सडक खुलाउनको लागि प्रहरी सहित डोजर लगिएकोमा अबिरल वर्षाका कारण बाटो खुलाउन नसकिएको बताए ।

प्रकाशित मिति : २० आश्विन २०७९, बिहीबार  ११ : ३० बजे

कमेडियन अपूर्व क्षितिज सिंहलाई १० हजार जरिवाना

काठमाडौं- नेवारी समुदायको आस्थामाथि चोट पुर्‍याउने गरी कमेडी गरेको आरोपमा

पोखरामा ४ तोला सुनजस्तो देखिने पहेँलो धातुसहित एक जना पक्राउ

पोखरा- पोखरामा ४ तोला सुनजस्तो देखिने पहेँलो धातुसहित एक जना

स्थानीय तहले प्रत्येक वर्ष विकासको मार्गचित्र सार्वजनिक गर्नुपर्छ : सामान्य प्रशासनमन्त्री अनिता देवी

विराटनगर- सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले स्थानीय तहले

प्रचण्ड र ओलीले गरे पुनःनिर्माण गरिएको प्रधानमन्त्री कार्यालयको अवलोकन

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा

अहिलेको संविधानमा सबैको कुरा अटाएको छ, यसलाई फेर्ने कुरा नगरौँ : नेता महर

रुपन्देही- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले अहिलेको संविधानमा सबै