विश्व इतिहासमा आजः कोलिम्बिया नरसंहारदेखि रंगभेद विरुद्धको संकल्प प्रस्तावसम्म « Khabarhub

विश्व इतिहासमा आजः कोलिम्बिया नरसंहारदेखि रंगभेद विरुद्धको संकल्प प्रस्तावसम्म


२० कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

आज ६ नोभेम्वर।यो दिन विश्वमा केही महत्त्वपूर्ण घटनाहरु भएको पाइन्छ। प्रस्तुत छ विश्वमा आज भएका केही महत्वपूर्ण विश्व घटनाः

अष्ट्रेलियामा जनमत संग्रह

सन् १९९९ मा अष्ट्रेलियाको संविधान संशोधन गर्न जनमत संग्रह आयोजना भएको थियो। राष्ट्रपति राष्ट्रप्रमुख हुने प्रावधानसहितको गणतन्त्रमा जान विषयलाई अष्ट्रेलियाली नागरिकले अस्वीकार गरेका थिए।

११ न्यायाधीशसहित सयौंको मृत्यु

सन् १९८५ मा अप्रिल आन्दोलनका गुरिल्लाहरुले कोलम्बियाको सर्वोच्च अदालत रहेको प्यालेस अफ जस्टिनलाई नियन्त्रणमा लिएर तीन सय जनालाई बन्धक बनाएका थिए। विद्रोही र सरकारी फौजबीचको लडाइँमा सर्वोच्चका ११ न्यायाधीशसहित एक सय जनाको मृत्यु भएको थियो।

रंगभेदविरुद्ध संकल्प प्रस्ताव

सन् १९६२ मा राष्ट्रसंघको महासभाले दक्षिण अफ्रिकामा रंगभेद अन्त्य गर्ने संकल्प प्रस्ताव पारित गरेको थियो। राष्ट्रसंघले सदस्य राष्ट्रलाई रंगभेदको विरुद्धमा उभिन निर्देशन दिएको थियो।

अमेरिकी राष्ट्रपतिमा अब्राहम लिंकन

आजकै दिन अर्थात ६ नोभेम्बर १८६० मा अब्राहम लिंकन अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका थिए। उनको विजयपछि अमेरिकाको रक्तपातपूर्ण गृहयुद्ध र दास प्रणाली विस्तारै अन्त्य भएको थियो। लिंकन अमेरिकाका १६ औं राष्ट्रपति हुन्।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ६ : ३७ बजे

भारतमा राहुल गान्धीसहित विपक्षी नेता हिरासतमा

नयाँदिल्ली- भारतको निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गर्दै मतदाता

कांग्रेस महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा व्यवसायी डा. सुनीलकुमार शर्माले

नेपालमै सुरु भयो खुट्टा-जोर्नीको मिनिमली इन्भेसिभ शल्यक्रिया

काठमाडौँ- खुट्टा तथा जोर्नी सम्बन्धी जटिल समस्या भएका बिरामीहरूका लागि अब

झापा प्रशासनका सात सेवा ‘फेसलेस’, कार्यालय धाउन नपर्ने

भद्रपुर– जिल्ला प्रशासन कार्यालय झापाले सेवाग्राहीको भौतिक उपस्थिति आवश्यक नपर्ने

त्रिशूलीमा हाल्न मिल्ने बेलीब्रिज विश्वमै नभएको मन्त्री लम्सालको दाबी

काठमाडौं– पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले रसुवा बाढी प्रभावितलाई दशैँ