इजरायलमा नेतान्याहुको पुनरागमन | Khabarhub Khabarhub

इजरायलमा नेतान्याहुको पुनरागमन


२० कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

१२ वर्ष सत्तामा बिताइसकेका बेन्जामिन नेतान्याहु सन् २०२१ को जुनमा सत्ताबाट हटेका थिए। उनी फेरी सत्तामा फर्कने सम्भावना विश्लेषकले कमै देखेका थिए। उनीहरूले यसलाई एउटा युगको अन्त्यको रूपमा व्याख्या गरेका थिए। नेतान्याहु आफै भने कम ब्याक गर्न कुरामा आशावादी थिए। धेरैलाई यो कुरा पत्यार लागेको थिएन। एक वर्षपछि तीनै नेतान्याहु निर्वाचनमा सानदार जितसहित सत्तामा फर्किएका छन्।

७३ वर्षीय यी नेता अहिले दक्षिणपन्थी लिकुड दलको प्रतिनिधित्व गर्दै सत्तामा पुगेका हुन्। उनको दलले केन्द्रीय मध्य वामपन्थी नेता यार ल्यापिडलाई हराएका छन्। ल्यापिडको ओरालो यात्रामा यो हार एउटा खुड्किलो बनेर तेर्सिएको छ।

नेतान्याहु आफै भने कम ब्याक गर्न कुरामा आशावादी थिए। धेरैलाई यो कुरा पत्यार लागेको थिएन। एक वर्षपछि तीनै नेतान्याहु निर्वाचनमा सानदार जितसहित सत्तामा फर्किएका छन्।

नेतान्याहुको नाटकीय पुनरागमनले उनका समर्थकलाई भने एकदमै उत्साहित तुल्याएको छ । उनीहरूले यसलाई बादशाहको पुनरागमनको रूपमा व्याख्या गरेका छन्। इजरायलको ७४ वर्षको इतिहासमा नेतान्याहु छैटौँ पटक प्रधानमन्त्री हुँदै नयाँ कीर्तिमान कायम गरेका छन्। उनी सबैभन्दा धेरै पटक र सबै भन्दा बढी समय इजरायलको शासन चलाउने नेता हुन्।

मध्यपूर्वको विभिन्न राजनीतिक आरोह र अवरोहबीच इजरायललाई सुरक्षित राख्ने व्यक्तिको रूपमा बनेको छवि नै नेतान्याहुको निर्वाचनमा जित पाउने सबै भन्दा बलियो आधार बनेको थियो।

प्यालेस्टाइनी विवादको विषयमा कठोर रहेका नेतान्याहुले कुनै पनि वार्तामा सुरक्षा र शान्तिलाई प्राथमिकतामा राखेका थिए। इजरायललाई सबै भन्दा बढी खतरा इरानबाट भएको चर्चा चलेपछि इजरायलले त्यसलाई पार गरेको थियो।

घुस खोरी र झुटको आरोपको सामना गर्नु परे पछि उनको राजनीतिक जीवन नै सङ्कटमा पुगेको थियो। उनको यो बदनामीसँगै इजरायलको प्रजातन्त्र नै खतरामा त पर्ने होइन ? भन्ने बहस पनि विगतमा भएको थियो।

सन् १९४९ मा इजरायलको तेल अभिभमा बेन्जामिन नेतान्याहुको जन्म भएको थियो। प्रतिष्ठित इतिहासकार तथा यहुदी अभियन्ता उनका बाबु बेन्जामिन शैक्षिक पदमा चयन भए पछि नेतान्याहुको परिवार नै सन् १९६३ मा अमेरिका पुगेको हो।

प्यालेस्टाइनी विवादको विषयमा कठोर रहेका नेतान्याहुले कुनै पनि वार्तामा सुरक्षा र शान्तिलाई प्राथमिकतामा राखेका थिए। इजरायललाई सबै भन्दा बढी खतरा इरानबाट भएको चर्चा चलेपछि इजरायलले त्यसलाई पार गरेको थियो।

१८ वर्षको उमेरमा इजरायल फर्केका उनले पाँच वर्ष सैन्य सेवामा बिताएका थिए। उनी सयात मतकालको एलाइट कमान्डो युनिटमा क्याप्टेन थिए। सन् १९७२ मा इजरायलमा अवतरण भएको बेल्जियमको विमान अपहरण भएको समयमा उनी पनि घाइते भएका थिए। साथै उनी सन् १९७३ को मध्यपूर्वको युद्धमा पनि समाहित भएका थिए।

युगान्डाको एनटेबेमा भएको विमान अपहरण काण्डमा पर्नेलाई बचाउने प्रयासमा उनका भाइ जोनाथनको हत्या भएको थियो। यो घटनाले मृतक जोनाथन इजरायलका लागि सम्मानित त भए। साथै उनको परिवारमा यसले धेरै नै असर गरेको थियो।

उनले आफ्नो भाइको सम्झनामा आतङ्कबाट विरोधी प्रतिष्ठानको स्थापना गरे। सन् १९८२ मा उनी वासिङ्टनका लागि इजरायलका सहायक चिफ द मिसन भए। त्यसपछि एकाएक नेतान्याहुको व्यक्तित्व आकासिएको थियो। अमेरिकी जस्तो देखिने उनी टिभीमा प्रभावकारी ढङ्गले वक्ताको रूपमा उदाउन थाले। अङ्ग्रेजी भाषामा उनको दक्षता थप आधार भएको थियो । यी सबै कारणले सन् १९८४ मा उनी इजरायलको तर्फबाट न्यु योर्कस्थित राष्ट्र सङ्घमा स्थायी प्रतिनिधि भए।

सन् १९८८ मा इजरायल फर्के पछि नेतान्याहु राजनीतिमा संलग्न भएका थिए। लिकुड पार्टीबाट त्यहाँको संसद् नेसेटको सदस्य भएका उनी सहायक विदेश मन्त्री पनि भए। सन् १९९६ मा उनी पार्टी प्रमुख भए। साथै इत्ज्याक रबिनको हत्यापछि उनी सिधै जनताबाट निर्वाचित हुने पहिलो इजरायली प्रधानमन्त्री भए।

अमेरिकी जस्तो देखिने उनी टिभीमा प्रभावकारी ढङ्गले वक्ताको रूपमा उदाउन थाले। अङ्ग्रेजी भाषामा उनको दक्षता थप आधार भएको थियो । यी सबै कारणले सन् १९८४ मा उनी इजरायलको तर्फबाट न्यु योर्कस्थित राष्ट्र सङ्घमा स्थायी प्रतिनिधि भए।

इजरायलका कान्छा शासक उनी सन् १९४८ मा राज्य स्थापनापछि जन्मिएका पहिलो प्रधानमन्त्रीसमेत हुन्। सन् १९९३ इजरायल र प्यालेस्टाइनबीच भएको शान्ति सम्झौताको आलोचना हुनुका बाबजुद हब्रनका ८० प्रतिशत भू–भाग प्यालेस्टाइनलाई दिने गरी भएको वार्तामा उनले सहमति जनाए। वेस्ट बैंककको शान्ति स्थापनामा पनि उनी सहमत भए।
सन् १९९९ मा नियमित समय भन्दा १७ महिना अगाडि निर्वाचन गराएका उनी आफ्ना पूर्व कमान्डर लेबर पार्टीका नेता एहुद बाराकसँग पराजित हुँदै सत्ताबाट बाहिरिएका थिए।

नेतान्याहुले लीकुड नेताको रूपमा पद त्याग गरे पछि उनको उत्तराधिकारीको रूपमा एरियल स्यारोन देखिएका थिए। सन् २००१ मा स्यारोन प्रधानमन्त्री भएपछि नेतान्याहु फेरि सत्तामा उदाए। सुरुमा विदेश मन्त्री भएका उनी पछि अर्थ मन्त्री पनि भए। आफूले कब्जा गरेको गाँजा क्षेत्र प्यालेस्टाइनलाई बुझाउने निर्णय भए पछि सन् २००५ मा उनले यसै निर्णयमा असहमति जनाउँदै राजीनामा दिएका थिए।

सन् २००५ मा स्यारोनलाई हृदय घात भएर कोमामा पुगेपछि उनका लागि फेरि एउटा अवसर आएको थियो। उनले लीक्युड पार्टीलाई मध्यमार्गी धारमा हिँडाएका थिए। फेरि एक पटक लीक्युडको नेतृत्व पाएका उनले सन् २००९ मा निर्वाचनमा सफलता पाएर इजरायली प्रधानमन्त्री बन्ने अवसर पाए।

प्यालेस्टाइनसँग वार्ता गर्दै वेस्ट बैंकमा आठ महिनादेखिको विवादलाई समाधान गर्ने पहल उनले गरेका थिए। यसका बाबजुद सन् २०१० मा सहमति भङ्ग भएको थियो।

सन् २००९ मै अन्यले चाहे जस्तो प्यालेस्टाइन राज्यको स्थापना हुन नसक्ने कुरा उनले सार्वजनिक अन्तरवार्तामा भनेका थिए। उनको त्यो अन्तरवार्ता विशेष कारणले चर्चामा रहेको थियो। सन् २००९ मा नेतान्याहु सत्तामा पुग्नु अगाडि नै प्यालेस्टाइनी आक्रमण इजरायली सैन्य कारबाही कायम नै रहेको थियो ।

२०२१ को मे मा यो विवाद समाधान उन्मुख गएको थियो। सो समयमा निर्वाचनपछि नेतान्याहुलाई सत्ताबाट हटाउने पार्टीको निर्णयलाई अन्यले पनि स्वीकार गरेका थिए।
युद्धका समयमा अमेरिकी सद्भाव इजरायललाई थियो। तर, यस बीचमा नेतान्याहु र अमेरिकी राष्ट्रपति बाराक ओबामा बीचको सम्बन्ध चिसिएको थियो।

सन् २०१५ मा इरानको आणविक परीक्षणमा अमेरिकी भूमिका चित्त बुझ्दो नभएको भन्दै नेतान्याहुले कांग्रेसमा सम्बोधन गर्ने क्रममा भनेका थिए। सन् २०१७ मा डोनाल्ड ट्रम्पको कार्यकालमा उनीहरूको बीचमा सहमति कायम भएको थियो। ट्रम्पले त्यसै समयमा जेरुसेलमलाई इजरायलको राजधानीको रूपमा आफूहरूले औपचारिक रूपमा स्वीकार गरेको बताएका थिए।

सन् २००९ मै अन्यले चाहे जस्तो प्यालेस्टाइन राज्यको स्थापना हुन नसक्ने कुरा उनले सार्वजनिक अन्तरवार्तामा भनेका थिए। उनको त्यो अन्तरवार्ता विशेष कारणले चर्चामा रहेको थियो।

यो कदमले मध्यपूर्वका तरङ्ग पैदा गरेको थियो। मध्यपूर्वका धेरै जसो सन् १९६७ को युद्ध पछि इजरायलले कब्जामा लिएको जेरुसेलमको पूर्वमा रहेको आधा भन्दा बढी भाग प्यालेस्टाइनले लिनु पर्ने जिकिर गरेका थिए।

सन् २०२० मा नेतान्याहुले ट्रम्पको ब्लु प्रिन्टको आधारमा प्यालेसइनसँगको शान्ति सम्झौताको प्रयास गरेका थिए। उनले यसलाई शताब्दीकै उपलब्धिको रूपमा व्याख्या गरेका थिए। प्यालेस्टाइनले भने धेरै कुरा एक पक्षीय रहेको भन्दै वार्ताबाट टेबुल छाडेको थियो।

सन् २०१८ मा ट्रम्पले इरानसँगको वार्ताबाट हात झिक्दै त्यहाँको आर्थिक नाकाबन्दीलाई फेरि कायम गर्ने ट्रम्पको निर्णयलाई पूर्ण समर्थन जनाएका थिए। सन् २०२० मा नेतान्याहुले राष्ट्रपति जो वाइडेनलाइ बधाई दिएपछि ट्रम्प आक्रोशित भएका थिए।

थुप्रै राजनीतिक उतार चढावका बीच उनको पुनरागमन इजरायलसहित सिङ्गो मध्यपूर्वको राजनीतिक परिवेशमा समेत महत्त्वपूर्ण हुन सक्ने छ।

सन् २०१६ मा यता घुस खोरी, भ्रष्टाचार र बेइमानी गरेको भन्दै तीन भिन्नाभिन्नै आरोप उनी माथि लागेको थियो। धनी व्यक्तिबाट उपहार लिएको आरोप पनि उनी माथि लगाइएको थियो। यस कारण सन् २०२० मा उनको विरुद्धमा सुनुवाइ भएको थियो।

यो घटनापछि उनको राजनीतिक जीवन नै सकिएको अनुमान भएको थियो। यस पटकको जित पछि उनले इजरायली जनताले आफूलाई चाहेकोमा विश्वस्त रहेको बताएका छन्। थुप्रै राजनीतिक उतार चढावका बीच उनको पुनरागमन इजरायलसहित सिङ्गो मध्यपूर्वको राजनीतिक परिवेशमा समेत महत्त्वपूर्ण हुन सक्ने छ। स्रोत : बीबीसी

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ९ : ३६ बजे

एन्फा महिला लिग : एपीएफसँग बागमती क्लब फराकिलो अन्तरले पराजित

काठमाडौं– एन्फा महिला लिगको शीर्ष स्थानमा रहेको विभागीय टोली नेपाल

डेङ्गी निदानमा कोभिड मोडल – घरमै उपचार !

बर्सेनि खासगरी पोस्ट मनसुन (मनसुन पछिको समय) मा डेङ्गी संक्रमणबारे

मुग्लिङ-काठमाडौं सडकको दर्जन ठाउँमा पहिरो, राजधानी जोड्ने मुख्य नाका ठप्प

काठमाडौं- शुक्रबार बिहानैदेखि परेको बर्षाका कारण मुग्लिङ-काठमाडौँ सडक खण्डमा एक

चाडपर्व लक्षित दुर्घटना न्युनिकरण विशेष अभियानको शुरुवात

काठमाडौं– काठमाडौंको नयाँ बसपार्कमा आज ‘चाडपर्व लक्षित दुर्घटना न्यूनीकरण विशेष

सहकारी डुबाएर फरार ढोरपाटनका मेयर दिल्लीबाट पक्राउ

काठमाडौं- सहकारी डुबेपछि फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका फरार मेयर