कैदीबन्दीले कारागारबाटै मतदान गर्न पाउने « Khabarhub

कैदीबन्दीले कारागारबाटै मतदान गर्न पाउने


२० कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

बैतडी – मङ्सिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कैदीबन्दीले कारागारबाटै मतदान गर्न पाउने भएका छन्। मतदाता नामावलीमा नाम भएका कैदीबन्दीलाई कारागारबाटै मतदान गर्ने व्यवस्था गरिएको हो।

कैदीबन्दीका लागि कारागारमै अस्थायी मतदान केन्द्र तोकिएको  जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयाँलले बताए। उक्त मतदान केन्द्रबाट कैदीबन्दीका साथै र चुनावमा नखटिने सुरक्षाकर्मी तथा निजामती कर्मचारीले मतदान गर्न पाउनेछन्।  बैतडीमा पाँच कैदीबन्दीसहित करिब आठ सय अस्थायी मतदाता छन्। निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मीले भने सम्बन्धित  मतदान केन्द्रबाटै मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ।

कैदीबन्दी, सुरक्षाकर्मी र निजामती कर्मचारीले प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ मात्र मत दिन पाउनेछन्। अस्थायी मतदान केन्द्रमा चार कर्मचारी खटिने जनाइएको छ।  जिल्लाभरि एक सय २९ मतदानस्थल र दुई सय १० मतदान केन्द्र छन्।

निर्वाचनको मिति नजिकिएसँगै निर्वाचन आयोगले आन्तरिक तयारीलाई पनि तीव्र बनाएको छ।  मतपत्र र निर्वाचन सामग्री जिल्ला पुगिसकेको छ।  निर्वाचनमा खटिने आवश्यक जनशक्तिलाई तालिम दिने क्रम जारी रहेको र केही दिनपछि खटाइने फुयाँलले जानकारी दिए। यसका साथै राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले प्रचार–प्रसार कार्य जारी राखेका छन्।

प्रतिनिधिसभाका लागि एक मात्र क्षेत्र रहेको बैतडीमा ११ जना उम्मेदवार चुनावी मैदानमा छन्। प्रदेशसभाका दुई सिटका लागि पनि  ११ उम्मेदवार प्रतिस्पर्धामा छन्। यहाँ एक लाख ५० हजार एक सय ५६ मतदाता रहेका छन्।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  १ : ३० बजे

वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसँग विश्व वन्यजन्तु कोष

भारतमा राहुल गान्धीसहित विपक्षी नेता हिरासतमा

नयाँदिल्ली- भारतको निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गर्दै मतदाता

कांग्रेस महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा व्यवसायी डा. सुनीलकुमार शर्माले

नेपालमै सुरु भयो खुट्टा-जोर्नीको मिनिमली इन्भेसिभ शल्यक्रिया

काठमाडौँ- खुट्टा तथा जोर्नी सम्बन्धी जटिल समस्या भएका बिरामीहरूका लागि अब

झापा प्रशासनका सात सेवा ‘फेसलेस’, कार्यालय धाउन नपर्ने

भद्रपुर– जिल्ला प्रशासन कार्यालय झापाले सेवाग्राहीको भौतिक उपस्थिति आवश्यक नपर्ने