विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी चार जनाको मृत्यु « Khabarhub

विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी चार जनाको मृत्यु


२० कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ ।

बाँकेको डुडुवा गाउँपालिका–५ स्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँस्थित शिवराजपुर बस्ने बिमल घर्तिकी छोरी ३ वर्षीया दुर्गा घर्ती रहेकी छन् । उनको शनिबार दिउँसो मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको नर्सिङहोम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

पाल्पाको पूर्वखोला गाउँपालिका–४ मंगलामा लु.४ त ७१९८ नम्बरको ट्रयाक्टर शनिबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रयाक्टर चालक पुर्बखोला गाउँपालिका–२ राक्से बस्ने २२ वर्षीय कमल राना छन् । उनको घटनास्थलमै मृत्यु भएको हो ।

यस्तै सर्लाहीको गोडैता नगरपालिका–१ बहादुरपुरस्थित सडकमा भारतीय नम्बरप्लेटमा डिएल ४ सिए ०१९७ उल्लेखित गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने हरिन्द्र पासवानकी छोरी २ वर्षीया सुधा कुमारी रहेकी छन् । उनको शनिबार साँझ मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थली चोकमा प्रदेश ३–०२–०१२ प ६३३५ नम्बरको मोटरसाइकल रेलिङमा ठोक्किएर शनिबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका–२ घर भई भक्तपुर गठ्ठाघर बस्ने २७ वर्षीय पुण्य बहादुर बोहराको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नागरिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  १ : ४६ बजे

किन ओरालो प्रवृत्ति थामिएन नेप्सेमा ?

काठमाडौं– साताको तेस्रो कारोबारको दिन बुधबार पनि नेपाल स्टक एक्सचेञ्ज

३६ दिनपछि तातोपानी नाका आंशिक रूपमा सञ्चालनमा

काठमाडौं– नेपाल-चीन व्यापारको सबैभन्दा छोटो र महत्त्वपूर्ण उत्तरी नाका तातोपानी

एनसेल र नेपाल मेडिसिटी अस्पतालबीच साझेदारी, ग्राहकलाई निःशुल्क चिकित्सक परामर्श सेवा

काठमाडौं– एनसेल र नेपाल मेडिसिटी अस्पतालले एनसेलका ग्राहकलाई निःशुल्क चिकित्सक परामर्श सेवा

ग्लोबल आइएमई बैंकले ल्यायो विशेष अटो लोन सुविधा

काठमाडौं– नयाँ सवारीसाधन खरिद गर्ने तयारीमा रहेका ग्राहकलाई लक्षित गर्दै