गौशालामा गेष्ट हाउसको छतमाथि बाल्टीमा राखेको पानीमा डुबेर बालकको मृत्यु « Khabarhub

गौशालामा गेष्ट हाउसको छतमाथि बाल्टीमा राखेको पानीमा डुबेर बालकको मृत्यु


२० कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौं महानगरपालिका–९ गौशला चोकस्थित तुलसी गेष्ट हाउसको छतमा बाल्टीमा राखेको पानीमा डुबेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही गेष्ट हाउसमा बस्ने बाँके बैजनाथ–३ घर भएका ३० वर्षीय राज बहादुर चौधरीको छोरा चार वर्षीय आरोज चौधरी छन् ।

शनिबार दिउँसो उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

डुबेर गम्भीर घाइते भएका उनको काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  २ : ३२ बजे

गणेश पराजुलीले लिए संसदीय विशेष समितिको सभापतिको शपथ

काठमाडौं– हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्

ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर स्थानीय तहको निर्वाचन तयारीमा लागौँ

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना मतभेदलाई

आर्थिक विकासका लागि सरकारले निजी क्षेत्रलाई सहजीकरण गर्नुपर्ने

काठमाडौं– नेकपा एमालेका नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले आर्थिक विकासका

बेनीको शिरमा रहेको पाखो चर्किएर पहिरो खस्न थाल्यो

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारको शिरमा रहेको पाखो धाँजा फाटेर

राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाबाट ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक,