नवलपुरमा १५ सयभन्दा धेरै अस्थायी मतदाता « Khabarhub

नवलपुरमा १५ सयभन्दा धेरै अस्थायी मतदाता


२० कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभा र प्रदेशसभाको मङ्सिर ४ गते हुने निर्वाचनका लागि नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा एक अस्थायी मतदान केन्द्र रहने भएको छ । जिल्लामा रहेका सुरक्षाकर्मी, सरकारी कर्मचारीलाई मतदानको व्यवस्थाका लागि एउटा अस्थाइ मतदान केन्द्र राख्ने निर्णय भएको जिल्ला निर्वाचन कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका प्रमुख लालप्रसाद शर्मा भुसालले जानकारी दिए । जिल्लाको कावासोती नगरपालिका–६ मा रहेको जनता मावि विष्णुनगरमा अस्थायी मतदान केन्द्र राख्ने निर्णय भएको छ ।

मतदान केन्द्रमा मतदान अधिकृतसहित तीन जना कर्मचारी र एक जना स्वयंसेवक खटिनेसमेत उनले बताए । अस्थायी मतदान केन्द्रबाट निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मीले मतदान गर्ने प्रमुख भुसालले बताए । अस्थायी मतदाताले सङ्घ तर्फको समानुपातिक तर्फमात्रै मतदान गर्न पाउने व्यवस्था रहेको छ । नवलपुरमा कूल एक हजार पाँच सय ८६ अस्थायी मतदाता रहेको कार्यालय प्रमुख भुसालले बताए ।

जिल्लामा निर्वाचनका लागि आवश्यक सबै मतपत्र आइसकेका छन् । निर्वाचन प्रमुख भुसालका अनुसार निर्वाचनका लागि सङ्घ र प्रदेश तर्फ प्रत्यक्ष तर्फको आवश्यक मतपत्र जिल्लामा आइपुगेको छ । सङ्घ तर्फ नवलपुर १ का लागि कूल एक लाख ४५ हजार, प्रदेशतर्फ १ (१) का लागि ७० हजार, १ (२) का लागि ७५ हजार गरी कूल दुई लाख ९० हजार थान मतपत्र जिल्लामा आएको छ ।

निर्वाचन क्षेत्र २ सङ्घका लागि एक लाख ४३ हजार, प्रदेशतर्फ २ (१) का लागि ७१ हजार र २ (२) का लागि ७२ हजार मतपत्र गरी कूल दुई लाख ८६ हजार मतपत्र नवलपुर आइपुगेको भुसालले जानकारी दिए । सबै मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आवश्यक सुरक्षा प्रबन्धसहित राखिएका छन् ।

दुई सङ्घ र चारवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको नवलपुरमा कूल दुई लाख ६० हजार चार सय ६१ मतदाता रहेका छन् । निर्वाचन क्षेत्र नं १ सङ्घमा एक लाख ३१ हजार एक सय ८१ र २ तर्फ एक लाख २९ हजार दुई ८० मतदाता रहेका छन् । बैशाखमा सम्पन्न निर्वाचनपछि नवलपुरमा पाँच हजार आठ सय ४६ नयाँ मतदाता थपिएका छन् ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ३ : ३२ बजे

परराष्ट्रको स्पष्टीकरण : कुमार बेन सुटुक्क भारत गएको कुनै जानकारी छैन

काठमाडौं- परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार बेन

कृषिमन्त्रीको राजीनामा माग्दै प्रभुले भने : किसानलाई मल दिन नसक्नेलाई कुर्सीमा बस्ने अधिकार छैन

कलैया– आम जनता पार्टी (आजपा)का अध्यक्ष एंव पूर्वमन्त्री प्रभु साहले

मोदीको पहलपछि सरकार र ककरोच जनता पार्टीबीच वार्ता

काठमाडौं- प्रधानमन्त्री नरेन्द्र मोदीको पहलपछि भारत सरकार र ककरोच जनता

मोदीको पहलपछि सरकार-कक्रोच वार्ता

नयाँदिल्ली– भारतमा परीक्षा प्रणालीमा देखिएका अनियमितता र प्रश्नपत्र चुहावटविरुद्ध जारी

इबोला प्रकोपले बढायो विश्व चिन्ता, दुई महिनामै एक हजारभन्दा बढी मानिसको गयो ज्यान

अबुजा– कङ्गोमा फैलिएको इबोला प्रकोपले दुई महिनाभन्दा केही बढी अवधिमै