नवलपुरमा १५ सयभन्दा धेरै अस्थायी मतदाता | Khabarhub Khabarhub

नवलपुरमा १५ सयभन्दा धेरै अस्थायी मतदाता


२० कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभा र प्रदेशसभाको मङ्सिर ४ गते हुने निर्वाचनका लागि नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा एक अस्थायी मतदान केन्द्र रहने भएको छ । जिल्लामा रहेका सुरक्षाकर्मी, सरकारी कर्मचारीलाई मतदानको व्यवस्थाका लागि एउटा अस्थाइ मतदान केन्द्र राख्ने निर्णय भएको जिल्ला निर्वाचन कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका प्रमुख लालप्रसाद शर्मा भुसालले जानकारी दिए । जिल्लाको कावासोती नगरपालिका–६ मा रहेको जनता मावि विष्णुनगरमा अस्थायी मतदान केन्द्र राख्ने निर्णय भएको छ ।

मतदान केन्द्रमा मतदान अधिकृतसहित तीन जना कर्मचारी र एक जना स्वयंसेवक खटिनेसमेत उनले बताए । अस्थायी मतदान केन्द्रबाट निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मीले मतदान गर्ने प्रमुख भुसालले बताए । अस्थायी मतदाताले सङ्घ तर्फको समानुपातिक तर्फमात्रै मतदान गर्न पाउने व्यवस्था रहेको छ । नवलपुरमा कूल एक हजार पाँच सय ८६ अस्थायी मतदाता रहेको कार्यालय प्रमुख भुसालले बताए ।

जिल्लामा निर्वाचनका लागि आवश्यक सबै मतपत्र आइसकेका छन् । निर्वाचन प्रमुख भुसालका अनुसार निर्वाचनका लागि सङ्घ र प्रदेश तर्फ प्रत्यक्ष तर्फको आवश्यक मतपत्र जिल्लामा आइपुगेको छ । सङ्घ तर्फ नवलपुर १ का लागि कूल एक लाख ४५ हजार, प्रदेशतर्फ १ (१) का लागि ७० हजार, १ (२) का लागि ७५ हजार गरी कूल दुई लाख ९० हजार थान मतपत्र जिल्लामा आएको छ ।

निर्वाचन क्षेत्र २ सङ्घका लागि एक लाख ४३ हजार, प्रदेशतर्फ २ (१) का लागि ७१ हजार र २ (२) का लागि ७२ हजार मतपत्र गरी कूल दुई लाख ८६ हजार मतपत्र नवलपुर आइपुगेको भुसालले जानकारी दिए । सबै मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आवश्यक सुरक्षा प्रबन्धसहित राखिएका छन् ।

दुई सङ्घ र चारवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको नवलपुरमा कूल दुई लाख ६० हजार चार सय ६१ मतदाता रहेका छन् । निर्वाचन क्षेत्र नं १ सङ्घमा एक लाख ३१ हजार एक सय ८१ र २ तर्फ एक लाख २९ हजार दुई ८० मतदाता रहेका छन् । बैशाखमा सम्पन्न निर्वाचनपछि नवलपुरमा पाँच हजार आठ सय ४६ नयाँ मतदाता थपिएका छन् ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ३ : ३२ बजे

मुग्लिन-पोखरा सडक विस्तार : पश्चिम खण्डमा ५३ प्रतिशत काम 

तनहुँ– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्डमा ५३ प्रतिशत काम

ट्रम्पको दक्षिणपन्थी बाटोमा संकटको बादल

काठमाडौं– अमेरिकाको राष्ट्रपति पदमा डोनाल्ड ट्रम्पको पुनरोदयसँगै उदाएको दक्षिणपन्थी राजनीतिभित्रै

त्रिभुवन राजपथ दैनिक ४ घण्टा बन्द हुने

काठमाडौं– त्रिभुवन राजपथ अन्तर्गत नागढुङ्गा–नौबिसे सडक सोमबारदेखि दिउँसो चार घण्टा

अस्पताल फार्मेसीमै उपचार सामग्री व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुटु, हड्डी तथा विभिन्न खालका

मानवीय सहयोग लिएर गएको जहाज गाजामा बेपत्ता

काठमाडौं – गाजामा मानवीय सहयोग लिएर गएको पानी जहाजलाई इजरायली