लामो समयदेखि फोहोर नउठ्दा उपमहानगर कार्यालयमा तालाबन्दी « Khabarhub

लामो समयदेखि फोहोर नउठ्दा उपमहानगर कार्यालयमा तालाबन्दी


२० कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

बारा- जितपुरसिमरा उपमहानगरपालिका–७ जितपुर क्षेत्रमा लामो समयदेखि फोहोर नउठेको भन्दै स्थानीयवासीले उपमहानगरपालिका कार्यालयमा ताला लगाएका छन् ।

फोहोर नउठ्दा पुरै बस्ती दुर्गन्धित भएको र समस्या समाधान गर्न उनीहरूले दबाबस्वरुप तालाबन्दी गरेका हुन् । यसअघि उपमहानगरलाई फोहोर उठाउन पटक पटक आग्रह गर्दा समेत बेवास्ता गरेको उनीहरूको गुनासो छ ।

ताला लगाउन जनप्रतिनिधिहरू समेत सहभागी थिए । उनीहरूले नगर प्रमुख राजन पौडेलले फोहोर व्यवस्थापनको विषयलाई बेवास्ता गरेको बताए । नगर प्रमुख पौडेलले निर्वाचन कार्यालय क्षेत्र ४ का प्रमुख कर्ण राई र इलाका प्रहरी कार्यालय सिमराका प्रमुख युवराज तिमल्सिनाको सहयोगमा विरोधमा उत्रिएका जितपुरसिमरा उपमहानगरपालिका–७ का वडा अध्यक्ष सुनिल गुप्तालाई पक्राउ गरेपछि स्थानीयले जितपुर बजारमा चक्काजाम समेत गरेका छन् ।

उनीहरूले आज सामान्य रूपमा उपमहानगरपालिकाको ध्यानाकर्षण गराउन गरेको कार्यक्रममा नगर प्रमुख पौडेलले प्रहरी लगाएर पक्राउ गरेको भन्दै सडकमा प्रदर्शन गर्दै फोहोर व्यवस्थापन गर्न र वडा अध्यक्ष गुप्तालाई रिहाइ गर्न माग गरेका हुन् ।

स्थानीय रामबाबु यादवका अनुसार पटक पटक नगर सरसफाइका लागि मेयरलाई भनेर थाकिसके पनि कुनै सुनवाइ नभएपछि ताला लाउन बाध्य भएको बताए ।

फोहोर व्यवस्थापनका लागि अहिलेसम्म कुनै पहल नभएको यादवको भनाइ छ । ‘हामी कार्यालयमा दबाब दिँदा दिँदा थाकिसक्यौँ । सफा गर्छौँ भनेर आश्वासन मात्रै पाइयो, काम हुनै नसकेपछि ताला लगाएका हौँ ।उपमहानगरपालिकाका नगर प्रमुख पौडेलले उल्टै प्रहरी लगाएर वडा अध्यक्ष पक्राउ गर्न लगाए । यसबाट समेत प्रष्ट हुन्छ की नगर फोहोर व्यवस्थापनमा ध्यान दिँदैन ।’

प्रहरीले भने जितपुरसिमरा उपमहानगरपालिकाको भवनमा यस क्षेत्रको निर्वाचन कार्यालय रहेको र निर्वाचन कार्यालय प्रमुखले तालाबन्दी गरेको भन्दै खबर गरेकाले वडा अध्यक्षलाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ४ : ५५ बजे

बाढीले बगाएर ल्याएको बालुवा र काठ व्यवस्थापन गर्न मनीष झाको आग्रह

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले बाढीपहिरोका क्रममा

पाँचथरबाट आङ्देम्बेसहित चार जना कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित

पाँचथर – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे पाँचथरबाट पार्टीको

दोधारा–चाँदनी झोलुङ्गे पुलको प्राविधिक अध्ययन सुरु

महेन्द्रनगर– कञ्चनपुरको महाकालीमा नदीमा अवस्थित दोधारा–चाँदनी झोलुङ्गे पुलको पिल्लर भत्किएपछि

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका १७ जना सांसदसँग बाढीपछिको अवस्था

सरकारले विगतका ठूला भ्रष्टाचार काण्डको सूक्ष्म अनुसन्धान गरिरहेको छ : सचेतक परियार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले वर्तमान