‘नो नट अगेन’ अभियानमाथि प्रतिबन्ध नलगाउन सर्वोच्चको अन्तरिम आदेश « Khabarhub

‘नो नट अगेन’ अभियानमाथि प्रतिबन्ध नलगाउन सर्वोच्चको अन्तरिम आदेश


२० कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सर्वोच्च अदालतले ‘नो नट अगेन’ अभियानमाथि प्रतिबन्ध नलगाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले ‘नो नट अगेन’ अभियानमाथि प्रतिबन्ध नलगाउन आदेश जारी गरेको हो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले निर्वाचन आयोगका नाममा यस्तो आदेश दिएको हो । सर्वोच्चले विपक्षीका नाममा कारण देखाऊ आदेश पनि जारी गरेको छ ।

यसअघि ‘नो नट अगेन’ अभियानमाथि प्रतिबन्ध लगाउने निर्वाचन आयोगको कदम अभिव्यक्ति स्वतन्त्रता प्रतिकूल रहेको दाबीसहित वरिष्ठ अधिवक्ता त्रिपाठीले रिट दायर गरेका थिए । साथै अन्तरिम आदेशका सम्बन्धमा छलफलका लागि दुबै पक्षलाई बोलाइएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ५ : २० बजे

पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई

कास्की – पोखरामा आज सम्पन्न भएको २०औँ संस्करणको पोखरा अन्तरराष्ट्रिय

महाशिवरात्रीको पूर्व सन्ध्यामा यस्तो देखियो पशुपति क्षेत्र (तस्बिरहरू)

काठमाडाैं – महाशिवरात्रि पर्वका अवसरमा पशुपति क्षेत्रमा साधुसन्त एवं टाढाबाट

महाशिवरात्रि : पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन प्रभावकारी बनाइयो

काठमाडौं – महाशिवरात्रि पर्वका अवसरमा आइतबार हुनसक्ने सम्भावित घुइँचो रोक्न

म्याग्दीमा माटोको ढिस्कोले पुरिएर एक मजदुरको मृत्यु

म्याग्दी – म्याग्दीको मङ्गला गाउँपालिका–२ सल्यानमा आज माटोको ढिस्कोले पुरिएर

गृहमन्त्रीबाट पशुपति क्षेत्रको सुरक्षा अवस्थाबारे जानकारी

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले महाशिवरात्रिको पूर्वसन्ध्यामा आज साँझ पशुपति