सत्ता गठबन्धनको प्रतिबद्धता पत्र : बालबालिका र ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार « Khabarhub

 सत्ता गठबन्धनको प्रतिबद्धता पत्र : बालबालिका र ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार


२० कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

बुटवल- सबै नागरिकलाई निःशुल्क आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्ने प्रतिबद्धतासहित रुपन्देही-२ मा सत्ता गठबन्धनमा आबद्ध दलहरूले संयुक्त चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।

आइतबार एक कार्यक्रमको आयोजना गरी शिक्षा, जनस्वास्थ्य, युवा तथा खेलकुद, लैङ्गिक समानता र समावेशिता, भौतिक पूर्वाधार, कृषि तथा वातावरण विकासका खाकासहित दलहरुले रुपन्देही २ (२) लाई लक्षीत गरी प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।

प्रतिबद्धतापत्रमा शिक्षातर्फ बीटीआई र अटोभिलेजलाई इन्जिनियरिङ कलेजमा रूपान्तरण गर्ने, लुम्बिनी वाणिज्य क्याम्पसलाई मानित विश्वविद्यालय र बुटवल बहुमुखीलाई आधुनिकीकरण गरी अनुसन्धान केन्द्रको रूपमा स्थापना गर्ने उल्लेख छ । जनस्वास्थ्यतर्फ ५ वर्षमुनिका बालबालिका र ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने र सबैलाई निःशुल्क आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्ने भनिएको छ ।

लुम्बिनी प्रादेशिक अस्पताललाई हेलिप्याडसहित आधुनिक मेडिकल कलेज बनाउने, तामनगरमा ट्रमा सेन्टर स्थापना गर्ने प्रतिबद्धतापत्रमा उल्लेख छ । युवा तथा खेलकुदतर्फ युवाको क्षमता वृद्धि कार्यक्रम सञ्चालन गर्ने, राष्ट्रवादी युवा जनशक्ति उत्पादन गर्ने, आधुनिक मापदण्ड अनुसार खेल पूर्वाधार निर्माण गर्ने उल्लेख छ ।

लैङ्गिक समानता र समावेशीतर्फ जातीय लैङ्गिक र सामाजिक विभेद हटाई समतामूलक समाजको निर्माण गर्ने, लैङ्गिक हिंसा पीडितको लागि सामाजिक सुरक्षा केन्द्र स्थापन गर्ने, एक वडा एक ज्येष्ठ नागरिक केन्द्र निर्माण र गृहिणी रोजगार कार्यक्रम सञ्चालन गरिने बताइएको छ । अपांगलाई दक्ष सीप विकास कार्यक्रम, विपन्नको लागि आवास र महिला उद्यमशीलता र रोजगार कार्यक्रम सञ्चालन गर्ने त्यसमा उल्लेख छ ।

भौतिक पूर्वाधारतर्फ सुखी जीवनको लागि पूर्वाधारमा लगानी कार्यक्रम अगाडि बढाउने प्रतिबद्धता जनाइएको छ । सबै सडक हिलो–धुलोमुक्त र आधुनिक सडक विस्तार गर्ने, अव्यवस्थित बसोबास गर्नेलाई स्वामित्व प्रदान गर्ने र सुकुम्बासीलाई भूमि अधिकार दिइने बताइएको छ ।

कृषि तथा वातावरणमा रासायनिक र जैविक मल उत्पादन केन्द्र स्थापना गर्ने, खेतीयोग्य जमिनलाई आधुनिक तथा व्यावसायिक कृषि क्षेत्रको रूपमा विकास गरी किसानलाई बाली कर्जा र बिमा प्रदान गर्ने भनिएको छ । रुपन्देहीको क्षेत्र नं. २ मा गठबन्धनले जनमुक्तिलाई समर्थन गरेको छ । प्रतिनिधिसभातर्फ जनमुक्तिका केशवबहादुर थापा, प्रदेशसभामा १ तर्फ कांग्रेसका दीर्घबहादुर केसी र २ मा माओवादी केन्द्रका वामदेव क्षेत्री उम्मेदवार छन् ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ६ : ०१ बजे

नेतृत्व छाड्ने दबाबबीच एमालेका पोस्टरबाट हराउन थाले केपी ओली

काठमाडौं- संसद्को नेस्रो दल नेकपा एमालेले यही वैशाख ९ गते

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवाद, उच्च अदालत जनकपुरले थाल्यो नयाँ अभ्यास

काठमाडौं– उच्च अदालत जनकपुर इजलासले सरकारी बाटो व्यक्तिले आफ्नो नाममा

चक्कु प्रहार गरी युवकको हत्या, कञ्चनपुर बिहेमा गएका १८ वर्षीय उज्जलको गयो ज्यान

हेन्द्रनगर– कञ्चनपुरको पुनर्वास नगरपालिका–५ भानुबस्तीमा विवाहमा गएका युवकमाथि गएराती चक्कु

नेपालमा न्युरोसर्जरी सेवाको सुरुवात गर्ने डा. गंगोलको निधन

काठमाडौं– नेपालमा न्युरोसर्जरी सेवाको सुरुवात गर्ने वरिष्ठ चिकित्सक डा।दिनेश नाथ

युरेनियम पुनःप्राप्ति कठिन हुने ट्रम्पको चेतावनी

एजेन्सी– आणविक संरचनामाथिको सैन्य हस्तक्षेपपछि उत्पन्न अवस्था र युरेनियम पुनःप्राप्तिको