प्रधानमन्त्री कप क्रिकेटमा आर्मीद्वारा गण्डकी प्रदेश ६९ रनले पराजित « Khabarhub

प्रधानमन्त्री कप क्रिकेटमा आर्मीद्वारा गण्डकी प्रदेश ६९ रनले पराजित


२० कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विभागीय टोली त्रिभुवन आर्मीले प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगितामा जित हात परेको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा आर्मीले गण्डकी प्रदेशलाई ६९ रनले पराजित गरेको हो । खेलमा आर्मीले दिएको एक सय ६६ रनको लक्ष्य पछ्याएको गण्डकी ३२ ओभर २ बलमा अलआउट हुँदै ९६ रन बनायो ।

गण्डकीका लागि समिर कँडेलले सर्वाधिक ३९ रन बनाए भने कप्तान बिपिन खत्री १९ तथा अर्जुन कुमालले १४ रन बनाए । यता आर्मीको जितमा सुसन भारीले सर्वाधिक ५ विकेट लिए भने कुशल मल्ल र साहब आलमले समान २ विकेट लिए । विक्रम सोबले एक विकेट झारे । त्यसअघि पहिले ब्याटिङ गरेको आर्मीका लागि कप्तान विनोद भण्डारीले सर्वाधिक ५४ रनमा बनाए । विक्रम सोब ३९, अनिल मण्डलले २६ र अर्जुन साउदले १३ रन बनाए ।

गण्डकीका लागि बिपिन खत्रीले सर्वाधिक ४ विकेट लिए भने कमल परियार २, सुवास भण्डारी, चन्द्र पौडेल र अमृत गुरुङले समान एक–एक विकेट लिए । जितसँगै आर्मीले ३ खेलबाट ४ अङ्क बनाउँदै सेमिफाइनलको सम्भावना कायम राखेको छ । पराजित गण्डकी ४ खेलबाट ५ अङ्कसहित दोस्रो स्थानमा यथावत रहेको छ । यस समूहबाट एपीएफ क्लब तीन खेल जितेर सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ७ : १८ बजे

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्र सुरु हुँदै, यस्तो छ कार्यतालिका

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्द सत्र

कांग्रेस सभापति देउवा भृकुटीमण्डप नजाने

काठमाडौं – सामाजिक संजालमा केही व्यक्तिले कांग्रेस सभापति देउवा विशेष

विशेष महाधिवेशनका प्रतिनिधिको आवाजप्रति देउवा सकारात्मक : के छ सहमतिको आधार ?

काठमाडौं – नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश

काभ्रेको जनमुक्ति मार्ग तीब्र गतिमा निर्माण हुँदै 

धुलिखेल– काभ्रेपलाञ्चोकमा निर्माण भइरहेको जनमुक्ति मार्गलाई तीव्र गतिमा अगाडि बढाएको

दिक्तेल बजारको सडक ढलान सकियो, सौन्दर्यकरणको काम हुँदै

खोटाङ– खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको काम