निर्वाचनमा जिम्मेवारी उत्कृष्ट ढङ्गले सम्पादन गर्न प्रधानसेनापतिको निर्देशन « Khabarhub

निर्वाचनमा जिम्मेवारी उत्कृष्ट ढङ्गले सम्पादन गर्न प्रधानसेनापतिको निर्देशन


२० कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानसेनापति प्रभुराम शर्माले नेपाल सरकारबाट नेपाली सेनालाई प्राप्त निर्वाचन सुरक्षासम्बन्धी जिम्मेवारी उत्कृष्ट ढङ्गले सम्पादन गर्न निर्देशन दिएका छन् ।

रुपन्देहीको मध्यपश्चिम पृतना हेडक्वाटरर कैलाली जिल्लाको तेघरीस्थित सुदूर पश्चिम पृतना हेडक्वाटर तथा दाङ्गको रणसिंहदल गणको आज निरीक्षण भ्रमणका क्रममा प्रधानसेनापति शर्माले उक्त निर्देशन दिए । प्रधानसेनापति शर्माले निरीक्षण भ्रमणका दौरान ती पृतनाको वर्तमान अवस्था, जिम्मेवारी ईलाका, प्रदेशहरूसँगको समन्वयलगायत आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको एकीकृत सुरक्षा योजनाका साथै गणको वस्तुस्थितिका बारेमा समेत जानकारी लिए ।

उनले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन–२०७९ को सुरक्षार्थ कपिलवस्तु जिल्लास्थित चन्दौटा ईलाकामा नेपाली सेनाद्वारा स्थापना गरेको कम्पनी अपरेटिङ बेसको पनि निरीक्षण भ्रमण गरी आवश्यक निर्देशन दिए नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ९ : १४ बजे

कांग्रेस महाधिवेशन : प्यानल बनाउन बन्देज, सभापति पदका लागि समेत चुनाव हुने निश्चितप्रायः

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा उम्मेदवारहरूले प्यानल बनाउन नपाउने

‘आजसम्म जो–जस्ले जे–जे बोल्नुभयो वा जेसुकै गर्नुभयो, आजसम्मको छोडिदिने : एमाले अपानी’ (पूर्णपाठसहित)

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीभित्र अनुशासन पुनर्स्थापना गर्न

गुरु घिमिरेले पनि गराए महामन्त्रीमा उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विशेष महाधिवेशनबाट महामन्त्री बनेका गुरु

ओलीपछिको दोस्रो वरीयतामा भण्डारी, सचिवालय बैठकमा सहभागी हुने

काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको सचिवालय बैठकमा सहभागी

मिनेन्द्र रिजालले गराए खुला उपसभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले १५औँ महाधिवेशनमा खुला