समानुपातिकमा एमालेको अग्रता कायमै « Khabarhub

समानुपातिकमा एमालेको अग्रता कायमै


२० मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले)को अग्रता कायमै छ । आज दिउँसो १२ः३० बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट तथ्याङ्कअनुसार एमालेले २८ लाख २४ हजार एक सय २२ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले २६ लाख ९५ हजार चार सय ३८, नेकपा(माओवादी केन्द्र) ले ११ लाख ६७ हजार तीन सय ९३, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २६ हजार ७६, राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८७ हजार पाँच सय ५६ मत प्राप्त गरेका छन् । साथै, जनता समाजवादी पार्टी नेपालले चार लाख २१ हजार २३,६९, जनमत पार्टीले तीन लाख ९४ हजार पाँच सय ६१, नेकपा(एकीकृत समाजवादी) पार्टीले दुई लाख ९६ हजार पाँच सय ७१, नागरिक उन्मुक्ति पार्टीले दुई लाख ७१ हजार छ सय ९६ र र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले एक लाख ६७ हजार तीन सय १५ मत प्राप्त गरेका छन् ।

प्रदेशसभाको समानुपातिकतर्फ प्रदेश १ मा एमालेले छ लाख ६५ हजार चार सय ६०, कांग्रेसले पाँच लाख ६२ हजार नौ सय ५६, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ९८ हजार पाँच सय ११,माओवादी केन्द्रले एक लाख ८१ हजार दुई सय ४५  र जनता समाजवादी पार्टी, नेपालले ६१ हजार सात सय २३ मत प्राप्त गरेका छन् ।

मधेस प्रदेशमा कांग्रेसले चार लाख एक सय ४४, एमालेले तीन लाख ५१ हजार सात सय ६८, जनता समाजवादी पार्टी नेपालले दुई लाख ९८ हजार सात सय ७४, जनमत पार्टीले तीन लाख २९ हजार एक सय ७७ र माओवादी केन्द्रले एक लाख ८० हजार आठ सय ६० मत प्राप्त गरेका छन् । नेकपा (एकीकृत समाजवादी) एक लाख १३ हजार नौ सय १५ मत प्राप्त गरेका छन् । 

बाग्मती प्रदेशमा एमालेले पाँच लाख ६२ हजार छ सय ७५, कांग्रेसले चार लाख ७१ हजार नौ सय ६१, राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई लाख ७२ हजार ८९, माओवादी केन्द्रले दुई लाख ७० हजार तीन सय ७२ र नेपाल मजदुर किसान पार्टीले ६८ हजार छ सय ५४  मत प्राप्त गरेका छन् । 

गण्डकी प्रदेशमा एमालेले तीन लाख ६७ हजार नौ सय ८९, कांग्रेसले तीन लाख ४९ हजार छ सय २८, माओवादी केन्द्रले एक लाख १६ हजार नौ सय ४५, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५९ हजार चार सय ८३ र नेकपा (एकीकृत समाजवादी) १५ हजार ७६ मत प्राप्त गरेका छन् ।

लुम्बिनी प्रदेशमा एमालेले पाँच लाख ७० हजार नौ सय, कांग्रेसले चार लाख ९९ हजार नौ सय ८६, माओवादी केन्द्रले एक लाख ९८ हजार चार सय ५०, राप्रपाले एक लाख २७ हजार चार सय ५२ र नागरिक उन्मुक्ति पार्टीले एक लाख २५ हजार पाँच सय २१ मत प्राप्त गरेका छन् ।
कर्णाली प्रदेशमा एमालले एक लाख ८३ हजार नौ सय ५०, कांग्रेसले एक लाख ७० हजार सात सय ५६, माआवादीले  एक लाख ३७ हजार छ सय २९, नेकपा (एकीकृत समाजवादी) ले १५ हजार आठ सय ६८, राप्रपाले सात हजार नौसय ५१, नेकपा (एकीकृत समाजवादी) ३५ हजार, आठ सय २६, राष्ट्रिय प्रजातन्त्र पार्टी २५ हजार एक सय ८६ र नेपाल मजदुर किसान पार्टी आठ हजार नौ सय ९३ मत प्राप्त गरेका छन् ।

सुदूरपश्चिम प्रदेशमा एमालेले दुई लाख ६३ हजार १७, कांग्रेसले दुई लाख ५८ हजार आठ सय २७, माओवादी केन्द्रले  एक लाख २० हजार एक सय ५९, राप्रपाले ४३ हजार एक ४२ र नागरिक उन्मुक्ति पार्टीले ९८ हजार पाँच सय ५७ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  १ : ४२ बजे

मुस्ताङको टुकुचे र जापानको तोगा सिटीबीचको मितेरी सम्बन्ध २० वर्षपछि पुनःस्थापित

गण्डकी – मुस्ताङको थासाङ गाउँपालिका–१ स्थित टुकुचे गाउँ र जापानको

फुटसल कपको उपाधि बैंकर्स क्लबलाई

सुदूरपश्चिम – नयाँ वर्षको अवसरमा धनगढीमा आयोजित ‘सन्तति आइभिएफ फ्ल्याटल्याण्ड

नागरिकप्रति इमान्दार भएर काम गर्नु आजको आवश्यकता : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्र र नागरिकप्रति इमान्दार, उत्तरदायी

इजरायलले इरानमा नौसैनिक नाकाबन्दीमा अमेरिकालाई सहयोग गर्छ : नेतन्याहु

जेरुसलेम – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको

प्रविधिको प्रयोग गरी क्षयरोगीको खोजी

पाल्पा – पाल्पामा आधुनिक प्रविधिको प्रयोग गरी क्षयरोगी पहिचान सुरु