नेप्से परिसुचकमा ४.८७ अंकको गिरावट « Khabarhub

नेप्से परिसुचकमा ४.८७ अंकको गिरावट


२० मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज नेप्से परिसुचक ४.८७ अकले ओरालो लाग्दै १९३३.८८ विन्दुमा आएर रोकिएको छ । साथै सेन्सेटिभ इन्डेक्सम पनि १.५६ अंकले घटेको छ । मंगलबार नेप्से परिसुचकमा ०.२५ प्रतिशतले ओरालो लागेको हो । सोमबार पनि सेयर बजार १.२५ प्रतिशतले ओरालो लागेको थियो । 

आज २५ लाख ८१ हजारभन्दा बढी कित्ता सेयर किनबेच हुँदा ९६ करोड ५२ लाखभन्दा बढीको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । यस्तै, १९९  कम्पनीको कारोबार हुँदा ७८ कम्पनीको सेयरमूल्य वृद्धि भएको छ । साथै १०९ कम्पनीमा ओरालो लागेको र १२ कम्पनी स्थिर रहेको नेप्सेले जनाएको छ ।

धौलागिरी लघुवित्त वित्तीय संस्था ८.१७ प्रतिशत र सिटिजन म्युचुअल फण्ड ६.१२  प्रतिशतले वृद्धि भएको छ ।  सिवम् सिमेन्ट ८ करोड १२ लाखभन्दा बढीको कारोबार भएको र हिमालय डिस्टिलरी पाँच करोड ५० लाखभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।

मंगलबार १३ उपसुचकमा तीन कम्पनीमा उकालो लागेको र अरु सबै उपसूचकमा ओरालो लागेको छ । वृद्धि हुने उपसुचकहरूमध्ये सबैभन्दा धेरै अन्य ०.५७ प्रतिशत र माइक्रोफाइनान्स ०.२८ प्रतिशतले वृद्धि भएको नेप्सेले जनाएको छ ।  

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  ३ : ४६ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका