श्रीमतीको घाँटी रेटी भाग्ने एक जना प्रक्राउ « Khabarhub

श्रीमतीको घाँटी रेटी भाग्ने एक जना प्रक्राउ


२० मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुर्खेतमा आफ्नै श्रीमतीको घाँटी रेटेर भागिरहेको अवस्थामा प्रहरीले एक जनालाई प्रक्राउ गरेको छ ।

जिल्लाको पञ्चपुरी नगरपालिका ३ तोक्माका बस्ने ३८ वर्षीय अम्मर आले मगरलाई प्रहरीले पक्राउ गरेको हो । मंगलबार दिउँसो ३ बजे धारिलो हतियारले आफ्नै श्रीमती अन्दाजी ३० वर्षिय मिना आलेको घाँटी रेटेर टाउको प्लाष्टिकको थैलोमा राखेर भागिरहेको अवस्थामा उनी पक्राउ परेका हुन् ।

उनलाई इलाका प्रहरी कार्यालय बावियाचौरबाट खटिएको ३ जनाको प्रहरी टोलीले सोही ठाउँको पलैटे स्वाथ्य चौकी पछाडिबाट प्रक्राउ गरेको हो ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय वावियाचौरवाट १३ जनाको प्रहरी टोली खटिएको थियो । उनको घरमा छोरा छोरी र आमा रहेको बताइएको छ ।

घटनाको कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । आले मगरलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  ७ : ०६ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ