बिहे भोज खाँदा १५० जना बिरामी, खटाइयो स्वास्थ्यकर्मी « Khabarhub

बिहे भोज खाँदा १५० जना बिरामी, खटाइयो स्वास्थ्यकर्मी


२० मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

बुटवल – पाल्पामा बिहेभोज खाएपछि बिरामी हुनेको संख्या १५० पुगेको छ । पाल्पा चिर्तुङ्धारा घोरबन्दाका बासिन्दा मंसिर १७ गते बिहे भोज खाएपछि बिरामी परेका हुन् । उनीहरू बिरामी परेपछि उपचारका लागि बगनासकाली गाउँपालिकाले घरघरमा स्वास्थ्यकर्मी खटाएको छ ।

कतिपय बिरामी तानसेनका निजी मेडिकल, मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा उपचार गराएपनि अधिकांश गाउँमै भएकाले स्वास्थ्यकर्मी खटाएर उपचार सुरु गरेको हो । चिर्तुङधारास्थित बुढाखान्डे, भाङजेली, अम्रेली, पिपरटुङ, ढाडटोललगायत घोरबन्दा गाउँमा बढी समस्या देखिएको छ ।

बगनासकाली गाउँपालिकाका–१, चिर्तुङधाराको घोरबन्दा क्षेत्रका झन्डै सय बढी घरपरिवारका १ सय ५० बढी तीन दिनयता बिरामी परेका हुन् । बगनासकाली स्वास्थ्य शाखाका प्रमुख मणिराज अधिकारीका अनुसार बिरामीहरूलाई प्राथमिक उपचार, स्लाइन पानी चढाउने, जीवन जलका साथै आवश्यक औषधि वितरण गरिएको छ । तर गाउँमा वितरण गरेको औषधिले काम नगरेपछि कतिपय बिरामी तानसेनका निजी मेडिकल र मिसन अस्पताल, लुम्बिनी मेडिकल कलेजमा उपचारका लागि गएका छन् ।

बिरामी भएकाहरूमा ज्वरो आउने, पखाला लाग्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने लगायतका समस्या देखिएको छ । शनिबार बिहेमा भोज खाएपछि आइतबार, सोमबार र मंगलबारसम्म समस्या बढ्दै गएको स्थानीय पेमा रानाले बताइन् । पखाला नरोकिने, सुख्खापन आउने, ज्वरो आउने समस्या देखिएको उनले बताइन् । गाउँमै बिहेभोज खाएकाहरू सबैलाई यस्तो समस्या देखिएको स्थानीय मुक्ति बस्यालले बताए । बगनासकाली गाउँपालिकाले मिसन अस्पतालका डाक्टर सञ्जीव रावल, स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीका साथै विभिन्न वडाका स्वास्थ्य शाखा प्रमुखलाई बिरामीको उपचारका लागि गाउँमा खटाएको छ ।

पोखराथोक स्वास्थ्य चौकी प्रमुख सरोज काफ्ले, यम्घाका प्रमुख रामप्रसाद न्यौपाने, दर्लमडाँडाका प्रमुख रेश्मीराज न्यौपाने, खानीगाउँ प्रमुख जीवलाल बस्याल, चापपानीका प्रमुख मोहनलाल घिमिरे, नसिङ स्टाफहरू उमा भट्टराई, चम्पा ढुंगाना, लक्ष्मी बस्याल, ल्याब टेक्निसियन अधिकृत मधु भट्टराई लगायतको टोली गाउँमा उपचारका लागि खटिएको छ । गाउँपालिका अध्यक्ष सरस्वती चिदी, उपाध्यक्ष हरिप्रसाद पाठक, वडाध्यक्ष शेरबहादुर चिदी, कार्यपालिका सदस्य गीता रेग्मी लगायत वडासदस्यहरू पनि बिरामीको अवस्था बुझ्न गाउँमा खटिएको छ ।

बिरामीलाई स्लाइन पानी चढाउने, औषधि वितरण, जीवन जललगायत स्वास्थ्य शिक्षा दिइएको छ । पानीमा समस्या हो कि भन्ने स्थानीयको आशंका भएकाले स्वास्थ्य कार्यालयले पानीको जाँचका लागि समेत टोली खटाएको छ । बिहेमा झण्डै ४ सय निम्तालु आएको र त्यसमध्ये ९० प्रतिशत बिरामी भएको स्थानीयले बताएका छन् ।

चिर्तुङधारा स्वास्थ्य चौकी प्रमुख बस्याल, वडाध्यक्ष शेरबहादुर चिदीका साथै स्वास्थ्यकर्मी महेश ढुंगानाले सोमबार पनि घरघरमा पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । धेरैजना बिरामी अत्तालिएर तत्काल मिसन अस्पताल, लुम्बिनी मेडिकल कलेजका साथै निजी अस्पतालहरूमा पुगेका छन् । स्वास्थ्यकर्मीले प्रशस्त पानी पिउन र नआत्तिन आग्रह गर्दै हिँडेका छन् ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  ८ : ०८ बजे

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार