मतदातासमक्ष गरेका वाचा पूरा गरेरै छाड्छु : महामन्त्री शर्मा « Khabarhub

मतदातासमक्ष गरेका वाचा पूरा गरेरै छाड्छु : महामन्त्री शर्मा


२० मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देश विकासका लागि वाद र विचारभन्दा माथि उठेर समृद्धिको साझा खाका बनाउन जरुरी रहेको बताएका छन् ।

झापा क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा विजय भएको सन्दर्भमा आज धुलाबारीमा आयोजित आभार समारोहलाई सम्बोधन गर्दै उनले मतदातासमक्ष गरेका वाचा पूरा गरेरै छाड्ने दृढतासमेत व्यक्त गरे ।

“लोपोन्मुख तथा अल्पसङ्ख्यक समुदाय, महिला, मजदुर सबै व्यक्तिले देश विकासमा आ–आफ्नो स्थानबाट योगदान गरिरहनुभएको छ”, उनले भने, “देश बनाउने काम मन्त्री र प्रधानमन्त्रीको मात्रै होइन, देश बनाउने भूमिका सबैले निर्वाह गरिरहेको हुन्छ ।”

त्यस्तै नवनिर्वाचित प्रदेशसभा (१) का सदस्य गोपाल तामाङले आफूले गरेका वाचा पूरा गर्ने उल्लेख गर्दै मतदातालाई कहिल्यै निराश नबनाउने उल्लेख बताए । प्रदेशसभा (२) उपविजेता श्यामवीर लिम्बूले चुनावमा हारे पनि जनजीविकासँग जोडिएका हरेक काममा सक्रिय भएर लाग्ने बताए ।

आभार समारोहमा कांंग्रेस केन्द्रीय सदस्य गोमा भट्टराई, कांग्रेस झापाका कार्यवाहक सभापति केशवराज पाण्डे, संविधानसभा सदस्य उषा गुरुङ, कांग्रेस नेता राम कट्टेल, कांग्रेस झापा १ का क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकी, नेकपा (एकीकृत समाजवादी) का झापा सचिव विपी भट्टराई, उपाध्यक्ष सविता भेटवाल, नेकपा (माओवादी केन्द्र)का नेता राजु दाहाललगायतले चुनावी समीक्षाका साथ आ–आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  ८ : ५४ बजे

युरिया मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ

बागलुङ– किसानका लागि अनुदानमा उपलब्ध गराइएको युरिया मल बागलुङबाट वीरगञ्ज

शंखमुलस्थित एक होस्टलमा हतियार प्रहारबाट युवकको हत्या

काठमाडौँ– काठमाडौँ महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ– पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा

कांग्रेसले आयोजना गरेको महिला दौड (तस्बिरहरु)

काठमाडौँ– नेपाली कांग्रेसले ४४औँ बीपी स्मृति दिवसको अवसरमा शनिबार ललितपुरमा

टप एण्ड टी–२० : आज नेपाल र बंगलादेशको टोली खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा