रोमाविरुद्ध एसी मिलान हाबी « Khabarhub

रोमाविरुद्ध एसी मिलान हाबी


२३ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इटालियन सिरी ‘ए’ मा एसी मिलानले सहज जित निकालेको छ ।

बिहीबार राति भएको खेलमा ९ खेलाडीमा सीमित रोमालाई ३-१ अन्तरले पराजित गर्दै एसि मिलान दोस्रो स्थानमा रहेको हो ।

घरेलु मैदान सान सिरामा मिलानको जितमा ओलिभर जिरोउड, जुनियर मेसिएस र राफयल लियोले गोल गरे । रोमाका ट्याम्मी अब्राहमले एक गोल फर्काए ।

खेलको आठौं मिनेटमा जिाराउडको पेनाल्टी गोलबाट मिलानले अग्रता बनायो । १७औं मिनेटमा जुनियर मेसिएसले गोल गर्दै मिलानले २-० को अग्रता बनायो । ४०औं मिनेटमा अब्राहमले गोल गरेपछि खेल पहिलो हाफमा २-१ को अवस्थामा पुग्यो ।

खेलको ७४औं मिनेटमा रिक कार्सड्रप दोहोरो पहेलो कार्ड पाउँदा रोमा १० खेलाडीमा समेटियो । यसको फाइदा उठाउँदै ८२औं मिनेटमा राफयल लियोले गोल गरेपछि मिलानले खेलमा ३-१ को अग्रता लियो ।

९० मिनेटपछिको इन्जुरी समयमा जियानलुका मान्सिनीले रातो कार्ड पाएपछि रोमा ९ खेलाडीमा समेटियो । इन्जरी समयको अन्तिम समयमा ज्लाटान इब्राहिमोभिचले पाएको पेनाल्टी सदुपयोग गर्न नसक्दा मिलानले अर्को अवसर गुमायो ।

जितसँगै मिलानको २० खेलबाट ४५ अंक पुगेको छ । एक खेल कम खेलेको इन्टर ४६ अंक सहित शीर्षस्थानमा छ । पराजित रोमा ३२ अंकसहित सातौ स्थानमा छ ।

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  ९ : ०१ बजे

‘महाधिवेशन नरोकिए कांग्रेसलाई विभाजित हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर- नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल

फेरि चर्कियो अमेरिका–इरान तनाव, पानीजहाजमाथि आक्रमण गरेको दुबै पक्षको दाबी

काठमाडौं- इरान र अमेरिका दुबै पक्षले होर्मुज जलडमरूमा प्रवेश गर्न

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा– टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच

काठमाडौंमा आयो ८७ हजार ग्यास सिलिन्डर, सार्वजनिक बिदामा ‘रिफिलिङ’ र ढुवानी नियमित गरिने

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि पछिल्ला तीन दिनमा