महिलाको नाममा जग्गा पास गर्नेको संख्या बढ्दै | Khabarhub Khabarhub

महिलाको नाममा जग्गा पास गर्नेको संख्या बढ्दै


२३ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लामा महिलाको नाममा जग्गा पास गर्नेको संख्या बढेकोे पाइएको छ । चालू आर्थिक वर्षको हालसम्म १२५ जना महिलाको नाममा जग्गा पास भएको पाइएको हो । चालु आर्थिक वर्षमा ८६० वटा लिखत हुँदा त्यसमा १२५ जना महिलाको नाममा लिखत पाएको भएको जिल्ला मालपोत कार्यालय जुम्लाले जनाएको छ ।

जुम्लाका सातवटा गाउँपालिकाका ५४ जना र नगरपालिका भित्रका ७१ जना महिलाको नाममा जग्गा रजिस्ट्रेशन भएको मालपोत कार्यालय जुम्लाका प्रमुख नरेन्द्रबहादुर रोकायाले बताए । उनले भने, ‘गाउँपालिकाभन्दा नगरपालिका भित्रका महिलाहरूको नाममा बढी जग्गा रजिस्ट्रेशन भएको तथ्याङ्क छ ।’

पछिल्लो समयमा सरकारले नै महिलाका नाममा जग्गा पास गर्दा २५ प्रतिशत राजश्व छुट् दिने प्रवधान ल्याएपछि महिलाको नाममा जग्गा पास गर्नेको संख्या बढेको हो ।

जग्गा पास गर्दा महिलाको नाममा राजश्व कम लाग्ने भएकाले महिलाको नाममा रजिस्ट्रेशन गर्नेको संख्या बढेको नायब सुब्बा मोन विष्टले बताए ।

नगरपालिका भित्रको महिलाको नाममा जग्गा पास भएमा २५ प्रतिशत र गाउँपालिकाको महिलाको नाममा जग्गा रजिस्ट्रेशन भएमा ५० प्रतिशत राजश्वमा छुट हुने गरेको छ ।

राजश्वमा छुट हुने भएकाले सम्पतिमा महिलाको पहुँच बढ्दो क्रममा रहेको पाइएको छ । कार्यालय प्रमुख रोकाया भन्छन्, ‘महिलाको नाममा जग्गा रजिस्टेशन हुँदा १० लाख ७३ हजार ८३५ रुपैया राजश्वमा छुट भएको छ । नगरपालिका भित्रका ७१ जना महिलाको नाममा जग्गा रजिस्ट्रेशन हुँदा ९ लाख ४२ हजार १६१ र गाउँपालिका भित्रका ५४ जना महिलाको नाममा जग्गा रजिस्टेशन हुँदा एक लाख ३ हजार राजश्वमा छुट्भएको छ ।

दलित र अपांगता भएका व्यक्तिलाई २५ प्रतिशत छुट
मालपोत कार्यालयमा जग्गा रजिस्ट्रेशन गर्ने दलित समुदाय र अपांगता भएका व्यक्तिले राजश्वमा २५ प्रतिशत छुट दिने प्रवधान रहेको छ । चालु आर्थिक वर्षको हालसम्म ३१ जना दलितका नाममा जग्गा रजिस्टे«शन हुँदा उनीहरूले २५ प्रतिशत राजश्वमा छुट पाएका छन् ।

सात वटा गाउँपालिका भित्रका ३१ जना दलित समुदायले आफ्नो नाममा जग्गा रजिस्ट्रेशन गर्दा ३१ हजार २७३ र नगरपालिका भित्रका १२ जना दलितले जग्गा रजिस्ट्रेशन गर्दा ६० हजार २७ रुपैयाँ राजश्वमा छुट भएको कार्यालय प्रमुख रोकायाले बताए । उनका अनुसार २५ प्रतिशतका दरले जम्मा ९१ हजार ३०० रुपैयाँ दलित समुदायले राजश्वमा छुट भएको छ ।

उनले भने, ‘मालमोत कार्यालय जुम्लाको सेवा सुधारोन्मुख अवस्थामा छ । जनशक्ति र उपकरण अभाव झेल्दै आएको मालपोत कार्यालय जुम्लाले सेवा प्रवाहलाई छिटोछरितो बनाउन तर्फ लागेका छौँ ।’ चालु आर्थिक वर्षको हालसम्म ८३० वटा लिखत (राजीनामा) पास भएको निमित्त कार्यालय प्रमुख नरेन्द्रवहादुर रोकायाले बताए ।

९९ लाख बढी राजश्व संकलन
चालु आर्थिक वर्षको पहिलो चौमासिक कात्तिकसम्म मालपोत कार्यालय जुम्लाले ९९ लाख ९६ हजार ५६१ रुपैयाँ राजश्व संकलन भएको छ ।

जग्गा रजिस्टेशनतर्फ ६७ लाख ९० हजार ३१२ रुपैयाँ राजश्व संकलन भएको कार्यालय प्रमुख नरेन्द्र वहादुर रोकायाको बताए ।

पुँजीगत लाभकरतर्फ ३१ लाख १८ हजार ८८३ रुपैयाँ संकलन भएको छ । रोकायाका अनुसार विविध तर्फ ८७ हजार ३६६ रुपैयाँ राजश्व उठेको छ । कार्यालयको लक्ष्यभन्दा बढी पहिलो चौमासिकमा राजश्व संकलन भएको पाइएको छ ।

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  १२ : ०० बजे

एलिना चौहान भन्छिन् : गालीगलौज गर्नेहरू माफी माग्दै छन्

काठमाडौं – “पढ्नै नसकिने अपमानजनक टिप्पणी अहिले छ कि छैन

५ प्रधानन्यायाधीशको काम : पहाड पल्टाउँदा मुसो !

काठमाडौं– एउटा मुद्दाको फैसला सुनाउन करिब ४ वर्षसम्म ५ जना

बागमती प्रदेशसभा : आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट बहुमतले पारित

बागमती – बागमती प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष

बागमती प्रदेशसभाबाट बजेट पारित

बागमती– बागमती प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२-८३

वातावरण संरक्षण पुरस्कार महानिर्देशक कँडेललाई

पाटन–  ‘औतारी रिन्पोचे नावाङ तेन्जिङ लामा वातावरण संरक्षण पुरस्कार’ राष्ट्रिय