जनसेवा सामुदायिक अस्पतालमा डिजिटल एक्स–रे सेवा सुरु | Khabarhub Khabarhub

जनसेवा सामुदायिक अस्पतालमा डिजिटल एक्स–रे सेवा सुरु


२३ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङको जनसेवा सामुदायिक अस्पतालमा डिजिटल एक्स–रे सेवा सुरु गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका स्थानीयले २०६९ सालमा स्थापना गरेको सामुदायिक अस्पतालमा पुरानो प्रविधिको एक्स–रे उपकरण विस्थापित गर्दै डिजिटल एक्स–रे सेवा सुरु गरिएको हो ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत प्रतिनिधिसभा सदस्य विशाल भट्टराईमार्फत आर्थिक वर्ष २०७७÷०७८ मा विनियोजित १५ लाखमा डिजिटल एक्स–रे जडान गरिएको जनसेवा सामुदायिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ध्रुव श्रेष्ठले बताए ।

अस्पतालमा डिजिटल एक्स–रे मेसिन जडान, तार खरिद, सपोर्टिङ उपकरण खरिदमा थप पाँच लाख बढी खर्च भएको छ । डिजिटल एक्स–रे मेसिन र सो प्रिन्टिङ मेसिन खरिदसमेतका लागि बजेट माग गर्दा डिजिटल एक्स–रे मेसिन मात्र प्राप्त भएको अस्पतालले जनाएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आफै डिजिटल एक्स–रे मेसिन खरिद गरेर अस्पताललाई उपलव्ध गराएको हो । यसअघि सानो क्षमताको एक्स–रे मेसिनमार्फत सेवा प्रवाह गर्दै आएकामा डिजिटल एक्स–रे मेसिनले एक्स–रेसम्बन्धी सेवा सरल र सहज बनेको व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले बताए । प्रिन्टिङ मेसिन अभावमा डेभलपर (परम्परागत उपकरण) मार्फत रिपोर्ट दिने गरिएको छ ।

जनसेवा समाज नेपाल जालपामार्फत जालपाका स्थानीयको पहलमा जिल्लामै पहिलोपल्ट स्थापना गरिएको सामुदायिक अस्पतालबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, केपिलासगढी गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका र सावाबेँसी गाउँपालिकाका २४ वडाका स्थानीय लाभान्वित हुँदैआएका छन् । ‘हामीले सरल र सहज मूल्यामा स्वास्थ्य सेवा उपलव्ध गराउँदै आएका छौँ,’ व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले भने, ‘पुरानो मोडेलको मेसिनबाट एक्स–रे सेवा दिनुपर्ने बाध्यताबाट मुक्त भएका छौँ ।’

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  १ : ३५ बजे

गोरखाको हंशपुर केन्द्रबिन्दु भएर भूकम्पको धक्का ?

काठमाडौं– गोरखाको अजिरकोट गाउँपालिका– ३ हंशपुर केन्द्रबिन्दु भएर भूकम्प गएको

रास्वपाले उम्मेदवार छान्नेबित्तिकै झमेला, के गर्दैछन् अरु दल ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रूपन्देही–३ मा हुन गइरहेको

गोरखामा बस दुर्घटना

काठमाडौं – मंगलबार बिहान गोरखामा रात्रिबस दुर्घटना भएको छ ।

देशभरको मौसम बदली रहने, केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

राष्ट्रियसभा बैठक बस्दै, निजामती विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक सोमबार बस्दैछ । बैठक