नेपालमा थप २४ जनामा ओमिक्रोन संक्रमण पुष्टि « Khabarhub

नेपालमा थप २४ जनामा ओमिक्रोन संक्रमण पुष्टि


२३ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा थप २४ जनामा कोरोनाभाइरसको ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिउँसो विज्ञप्ति निकालेर पुस महिनामा गरिएको जिन सिक्वेन्सिङमा २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जानकारी दिएको हो ।

२४ वटा नमुनाको जिन सिक्वेन्सिङ गर्दा सबैमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

‘पुस महिनामा संकलित जम्मा कोरोनाभाइरसका ११४६ पोजेटिभ नमुनाहरुको एस जिन स्क्रिनिङ गर्दा २५० वटामा नमुनाहरु एस जिन नेगेटिभ पत्ता लागेको छ । एस जिन नेगेटिभ पत्ता लागेकामध्ये २४ वटामा नमुनाहरुको जिन सिक्वेन्सिङ गर्दा सबै नमुनाहरुमा ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको हो,’ मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

नेपालमा पहिलोपटक २० मंसिरमा दुईजनामा ओमिक्रोन पुष्टि भएको थियो । उनीहरू ३ मंसिरमा दक्षिण अफ्रिकाबाट आएका थिए ।

 

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  १ : ५१ बजे

सांसदहरूलाई रास्वपाको अभिमुखीकरण, होटलमा नाता र साथी लान नपाइने, फोटो खिच्न पनि निषेध

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका

एक करोड १६ लाख नगदसहित दुई हुण्डी कारोबारी पक्राउ

काठमाडौं– नेपाल प्रहरीले एक करोड १६ लाख नगदसहित दुई हुण्डी

चीनले मार्च– ३० देखि उत्तर कोरियामा प्रत्यक्ष उडान पुन: सुरु गर्दै

एजेन्सी– एयर चाइनाले मार्च – ३० देखि बेइजिङ – प्योङयाङ

मीन विश्वकर्मा भन्छन्- रास्वपाले अनपेक्षित सफलता हात पार्‍यो, अब भ्रष्टाचार अन्त्य गर्नुपर्‍यो

काठमाडौं– नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले निर्वाचनमा रास्वपाले अनपेक्षित सफलता

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो

काठमाडौं– चालु आर्थिक वर्ष २०८२-८३ को फागुन मसान्तसम्ममा नेपालको कुल