मनाङमा बाढी पहिरोबाट क्षतिग्रस्त घरको पुनर्निर्माण सुरु « Khabarhub

मनाङमा बाढी पहिरोबाट क्षतिग्रस्त घरको पुनर्निर्माण सुरु


२४ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – मनाङको नासों गाउँपालिका-१ तालगाउँमा गत जेठ र असारमा आएको बाढी पहिरोबाट क्षति भएका घरको पुनर्निर्माण थालिएको छ ।

सरकारबाट प्राप्त राहत रकमबाट लाभग्राहीले धमाधम आवास निर्माण गरेका हुन् । मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार घर पुनर्निर्माणका लागि राहत स्वरूप नासों गाउँपालिकाले प्रतिपरिवार १ लाख र गण्डकी प्रदेश सरकारबाट २ लाख उपलब्ध गराइसकेको बताए ।

सम्बन्धित वडा कार्यालयबाट सम्झौता गरी घर बनाउन नेपाल सरकारबाट किस्तावन्दीमा ५ लाख र जग्गा नहुनेलाई गाउँपालिकाको सिफारिसमा थप ३ लाख उपलब्ध गराइने प्रजिअ आचार्यको भनाइ छ । उनका अनुसार सम्बन्धित घर मुलीसँग यथाशीघ्र घर बनाउने सम्झौता गरी सोको जानकारी जिल्ला प्रशासन कार्यालयमा पठाउन मनाङको नार्पाभूमी गाउँपालिका, ङिस्याङ गाउँपालिका, चामे गाउँपालिका र नासों गाउँपालिकालाई पत्र समेत पठाइएको छ । मनाङमा क्षति पुगेका ६१ घरपरिवारलाई दुई लाखका दरले राहत वितरण गरिसकेको छ ।

आचार्यले नासों गाउँपालिकाको ३९ घरपरिवार, चामे गाउँपालिकाको ९ घरपरिवार, नार्पाभुमी गाउँपालिकाको ७ घरपरिवार र मनाङ ङिस्याङ गाउँपालिकाको ६ घरपरिवारलाई दुई लाखका दरले राहत वितरण गरिएको छ । मनाङमा पुनर्निर्माणका लागि केन्द्र सरकारले ६० प्रतिशत, प्रदेश सरकारले ३० प्रतिशत र स्थानीय तहले १० प्रतिशत रकम उपलब्ध गराउने प्रजिअ आचार्यले बताए ।

प्रदेश सरकारबाट जिल्लाभरका ७४ लाभग्राहीका लागि १ करोड ४८ लाख रुपैयाँ बजेट आएको छ । प्रदेश विपद् व्यवस्थापन नियमावली अनुसार १ लाख रुपैयाँ र हिमाली जिल्लाको हकमा सरकारले विशेष प्रभावित क्षेत्र घोषणा गरेकाले थप १ लाख गरी २ लाख रुपैयाँ आएको हो। नासों गाउँपालिका १ का अध्यक्ष झलकबहादुर गुरुङले सिरानतालको ७ घरसहित तालको ६० वटा घर डुबानमा परेको बताए। गाउँपालिकाभित्रका ८२ घरधुरीमा बाढी पहिरोले क्षति पुगेको छ। यसमा पूर्ण क्षति भएका ४४ घर छन् । आंशिक क्षति तर उच्च जोखिमका १५ घर छन् ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  १० : ३० बजे

माघ महिनामा वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको ब्याजदर थप घट्यो

काठमाडौं– सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले आगामी माघ महिनाका लागि मुद्दतीतर्फको

किसानलाई सखरखण्ड खन्न र बिक्री गर्न भ्याइ नभ्याइ

घोराही– यहाँको देउखुरी राप्ती नदी उकास जमिन, पाँगो बलौटे माटो

मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु

सुर्खेत– सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ पिपिराचोकमा कर्णाली प्रदेश०२–००२प३२७१ नम्बरको मोटरसाइकलले ठक्कर

भोलिदेखि ‘दोस्रो प्रादेशिक मह महोत्सव’ हुँदै

कर्णाली– सुर्खेत वीरेन्द्रनगरमा ‘दोस्रो प्रादेशिक मह महोत्सव’ भोलिदेखि सुरु हुने

गोलभेँडाले उचित मूल्य पाएपछि सर्लाहीका किसान उत्साहित

बरहथवा– गोलभेँडाको बजार मूल्य राम्रो भएपछि यसपटक सर्लाहीका किसान निकै