इन्द्रेश्वर माविका विद्यार्थीलाई पोसाक वितरण « Khabarhub

इन्द्रेश्वर माविका विद्यार्थीलाई पोसाक वितरण


२४ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे – काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ स्थित इन्द्रेश्वर माध्यमिक विद्यालयका विद्यार्थीलाई सरस्वती पूजाको अवसर पारेर पोसाक (ट्रयाकसुट) वितरण गरिएको छ ।

सोही विद्यालयबाट २०४५ सालमा एसएलसी परीक्षा दिएका विद्यार्थीको समूहले सो पोसाक वितरण गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम कर्माचार्यका अनुसार २१० विद्यार्थीलाई पोसाक वितरण गरिएको छ ।

उक्त समूहले जेहेन्दार र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीका लागि अक्षयकोष स्थापना गर्ने तयारीसमेत गरेको छ । कोरोना सङ्क्रमणका कारण विद्यालय प्रशासनलाई पोसाक हस्तान्तरण गरिएको एसएलसी समूह २०४५ का अध्यक्ष लक्ष्मी दाहालले बताए।

प्रधानाध्यापक उमारुद्र बस्नेतले उक्त पोसाक विद्यालय सञ्चालन भएपछि वितरण गरिने जनाए। उक्त समूहले पनौती नगरपालिका वडा नं ५ ठाडोबाटोस्थित रियल नेपालमा अध्ययनरत आठ न्यून दृष्टिविहीन विद्यार्थीलाईसमेत ट्रयाकसुट वितरण गरेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  ९ : ०२ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले