दक्षिण कोरियामा कोस्कः मास्क नै नलगाउनुभन्दा नाक मात्रै ढाके पनि राम्रो « Khabarhub

दक्षिण कोरियामा कोस्कः मास्क नै नलगाउनुभन्दा नाक मात्रै ढाके पनि राम्रो


२४ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोल– दक्षिण कोरियामा पछिल्लो पटक अनौठो मास्क चलनमा आएको छ, जुन परम्परागत फेस मास्कभन्दा बिलकुल फरक छ । पछिल्लो समयमा प्रचलनमा आएको मास्कले नाक र मुखकोसट्टा नाक मात्र ढाक्छ । नयाँ मास्कलाई कोस्क नाम दिइएको छ । ‘को’ र मास्कलाई जोडेर कोस्क नाम दिइएको हो । कोरियाली भाषामा कोको अर्थ नाक भन्ने बुझिन्छ । दक्षिण कोरियाली कम्पनी अटमानले बिक्री गरेको सो अस्वभाविक मास्कमा लगाउने मानिसको मुख नढाक्ने गरी बनाइएको छ ।

खानेकुरा खाँदा कोभिडविरुद्ध कुनै तहबाट जोगिने उदेश्यले सो मास्क डिजाइन गरिएको देखिन्छ । नयाँ मास्क (कोस्क) जुनसुकै बेला नाक मात्र छोपेर लगाउन सकिन्छ । दक्षिण कोरियामा मात्र उपलब्ध हुने र नाक मात्र ढाक्ने कोस्कको अस्वभाविक लहरले पश्चिमा देशहरुमा एक खालको विवाद ल्याएको छ । कसैले यसलाई काम नलाग्ने सामान भनेका छन् ।

‘नाकमुनि मास्क लगाउने मानिसका लागि यो मास्क भिन्न देखिदैंन,’ एक जना ट्विटर प्रयोगकर्ताले कोस्कबारे टिप्पणी गर्दै लेखेका छन् ।

अर्का एक प्रयोगकर्ताले ‘अर्को तहको मूर्खता,’ भन्दै टिप्पणी गरेका छन् । अध्ययनहरुले यो पनि देखाएका छन् की नाक हाम्रो शरीरमा कोभिड भाइरस प्रवेश गर्ने सबैभन्दा सजिलो मार्ग हो । र, केही स्वास्थ्य विज्ञहरुको यो पनि विश्वास छ की मास्क नै नलगाउनु भन्दा नाक मात्र ढाक्ने मास्क लगाउनु उचित हुन्छ ।

‘सम्भवत यसले सामान्य भिन्नता राख्छ,’ डिकिन्स इन्स्टिच्युट फर हेल्थ ट्रान्सफर्मेसनका प्राध्यापक क्याथरिन बेन्नेटले भने । मास्क बनाउने तरिका अनौठो भएको उनले टिप्प्णी गरेका छन् ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  १२ : ४५ बजे

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती

निर्वाचनबाट नयाँ नेतृत्व छान्दै कांग्रेस विशेष महाधिवेशन : संस्थापनसँग वार्ताको ढोका खुलै

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ। रातभरका