झगडापछि अपहरण र हत्या, ११ वर्षपछि आरोपी अदालतमा « Khabarhub

झगडापछि अपहरण र हत्या, ११ वर्षपछि आरोपी अदालतमा


२४ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ३ माघ २०६७ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१ पारिजात मार्गका २१ वर्षीय हिमाल बुढा बेपत्ता भए । उनी एक्कासी बेपत्तापछि खोजतलास भयो । घरपरिवारका सदस्यदेखि स्थानीय र प्रहरीसमेत खोजीमा जुटे । तर फेला परेनन् । तर, सोही क्रममा खुल्यो– बुढा अपहरणमा परेको भन्ने ।

प्रहरीको शंकाको घेरामा परे स्थानीय केही युवा । त्यसमध्येका हुन्– सौभाग्य मल्ल, प्रशन्न मल्ल, कृष्ण थापा, सरोज गोले र दिनेश शाही । उनीहरू गाउँबाट फरार थिए । प्रहरी एकातिर फरार भएकाहरू र अर्कातिर अपहरणमा परेका हिमालको खोजीमा सक्रिय भयो । अन्नतः ११ दिनपछि १४ माघ २०६७ मा हिमालको शव जिल्लाकै कोहलपुर नगरपालिका–२ मा सडेगलेको अवस्थामा फेला प¥यो ।

उनको शव परीक्षण भयो । बाँकेका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) मधुसुदन न्यौपानेका अनुसार शव परीक्षण प्रतिवेदनमा हिमालको मृत्युको कारण घाँटीमा डोरीले कसिँदा श्वासप्रस्वास अवरुद्ध हुँदा उल्लेख थियो ।

डीएसपी न्यौपाने थप्छन्, ‘अनुसन्धानको क्रममा हिमालको अपहरण झगडा कारण भएको पनि खुल्यो ।’ यसपछि प्रहरीले घटनामा आशंकितहरूको खोजी गर्ने क्रममा प्रशन्न पक्राउ परे । उनी नेपालगञ्ज नगरपालिका–१७ का हुन् । आशंकितमध्येका कृष्ण थापा पनि पक्राउ परे ।

सौभाग्य, सरोज र दिनेश भने फरार नै थिए । तर, सौभाग्य भने शुक्रबार गोरखाबाट परे । उनलाई आइतबार जिल्ला अदालत बाँकेमा प्रहरीले पेश गरेको छ । डिएसपी न्यौपानेले सौभाग्यविरुद्ध अपहरण र कर्तव्य ज्यानसम्बन्धी मुद्दा अदालतमा दर्ता रहेको बताए । अब थुनछेक बहस हुने न्यौपानेको भनाइ छ ।

यसअघि सोही मुद्दामा दोषी ठहरिएपछि जिल्ला अदालत दैलेखबाट १० वर्ष कैद भुक्तान गरेर कारागारमुक्त भएका छन् । कसूर गरेको ठहर नभएपछि कृष्ण भने हाजिरी जमानीमा छुटेका छन् ।

दिनेश र सराज भने अझै फरार छन् । उनीहरूको ठेगानासमेत प्रहरीलाई थाहा छैन । ठेगाना नै थाहा नभएपछि प्रहरीलाई उनीहरूको तीन पुस्ते थाहा हुने कुरै भएन । जसले उनीहरूको खोजीमा प्रहरीलाई सकस परेको छ । ‘घटनापछि नै सरोज र दिनेशको पनि हामीले खोजी गरेका हौँ । तर, उनीहरूको ठेगाना खुलेको छैन । त्यसो हुँदा तीन पुस्ते खुल्ने कुरै भएन,’ डीएसपी न्यौपानेले भने, ‘सोहीकारण हामीले उनीहरूलाई फेला पार्न सकेका छैनौँ ।’

अपहरणसम्बन्धी अधिकांश घटनामा फिरौती माग्ने हुन्छ । तर, हिमालको अपहरणपछि हत्या भएको घटनामा भने फिरौती पनि नमागेको पाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  १ : २९ बजे

इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति

जकार्ता- भारत र इन्डोनेसियाले रक्षा, महत्वपूर्ण खनिज, समुद्री सुरक्षा तथा

सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सूचनाको हक मन्त्रालयको

दैलेख दुर्घटना : कर्णालीमा बेपत्ता एक जनाको शव कैलाली भेटियो

कर्णाली– यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क

टेलिकम कम्पनीले किन बन्द गर्दैछन् ‘थ्रीजी’ सेवा ?

काठमाडौं– टेलिकम सेवा प्रदायक कम्पनीहरू नेपाल टेलिकम र एनसेलले ‘थ्रीजी’

शक्तिशाली सरकारको सय दिन पूरा भएपछि धमाधम भडास पोख्दै सत्तारुढ सांसदहरू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार गठन भएको सय दिनपछि सत्तारुढ