नेपाल सांस्कृतिक संघको महामन्त्रीमा सुवेदी « Khabarhub

नेपाल सांस्कृतिक संघको महामन्त्रीमा सुवेदी


२४ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाल सांस्कृतिक संघको केन्द्रीय महामन्त्रीमा गणेश सुवेदी नियुक्त भएका छन् । नेपाली कांग्रेसको शुभेच्छुक भातृ संस्था नेपाल सांस्कृतिक संघले केन्द्रीय महामन्त्रीमा फिल्मकर्मी, तथा गीतकार सुवेदीलाई नियुक्त गरेको हो ।

सुवेदीले कांग्रेसको नीति, सिद्धान्त र आदर्शलाई कला, साहित्य, संगीत, नाट्य एवम् श्रव्यदृश्य सामाग्रीमार्फत जनता सम्म पु¥याउने उद्देश्यले स्थापित नेपाल सांस्कृतिककर्मीहरूको हक हित संरक्षणका लागि योगदान गर्दै आएका छन् ।

लोकतन्त्र प्रति विश्वास राख्ने समग्र सांस्कृतिककर्मीहरूको प्रतिनिधित्व गर्दै नेपाली भाषा, कला, साहित्य, गीत संगीत र संस्कृतिका विभिन्न विधामा सक्रिय साँस्कृतिकर्मीहरूको हक हित संरक्षणमा अझै सशक्त रुपमा क्रियाशील रहने प्रतिवद्धता जनाउने नव नियुक्त महामन्त्री सुवेदी नेपाली सांस्कृतिक र साहित्यमा कलम चलाउने व्यक्ति पनि हुन् । सुवेदी रोल्पा जिल्लाको त्रिवेणी गाउँ पालिका–५का स्थायी वासिन्दा हुन् ।

मुलुकमा निकट भविश्यमा सम्पन्न हुन गइरहेको तीनै तहका निर्वाचनमा पार्टीलाई पहिलो पार्टी बनाउन संघले सांस्कृतिक गतिविधि गर्ने तथा संघको तेस्रो महाधिवेशनलाई यथाशीघ्र सम्पन्न गर्न गत शनिबार नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा केन्द्रीय कार्य समितिको पूर्ण वैठक सम्पन्न गरेको छ ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  १ : ४७ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको