दुईको हत्या अभियोगमा तामाङ पक्राउ « Khabarhub

दुईको हत्या अभियोगमा तामाङ पक्राउ


२४ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– सिन्धुपाल्चोक बलेफी गाउँपालिका–७ स्थित माथिल्लो चिम्लिङमा दुईजनाको हत्या आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । हत्या अभियोगमा ठाउँका विजयबहादुर तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी दक्षकुमार बस्नेतले बताए ।

आइतबार बेलुका पौने ८ बजेको समयमा तामाङले खुकुरी प्रहार गरी दुईजनाको हत्या गरेको प्रहरीले जनाएको छ । हत्यापश्चात भागेका उनलाई राति ९ बजे कुलबाध सामुदायिक वनमा लुकिछिपी रहेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

गाउँमा हत्याको घटना भएलगत्तै तत्काल प्रहरी चौकी लामोसाँघुबाट प्रहरी नायब निरीक्षक, इलाका प्रहरी कार्यालय बाह्रविसेबाट प्रहरी निरीक्षक तथा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षकको टोली घटनास्थल पुगी अनुसन्धान सुरु गरेको थियो ।

प्रारम्भिक सोधपुछमा तामाङले हत्या स्वीकार गरेको तथा स्थानीय व्यक्तिबाट सनाखत गराउँदा उनले नै घटना गराएको भन्ने खुल्न आएको सिन्धुपाल्चोकका सूचना अधिकारी बस्नेतले बताए ।

तामाङलाई पक्राउ गरिएको र घटनास्थल लास जाँच प्रकृति मुचुल्कालगायतको प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी शव पोष्टमार्टमका लागि अस्पतालमपठाइएको बस्नेतको भनाइ छ । तामाङविरुद्ध धारिलो हतियार खुकुरी प्रहार गरी ज्यान मार्ने उद्योग गरेको कसूरमा इलाका प्रहरी कार्यालय बाह्रबिसेमा मुद्दा दर्ता भएको छ ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  ३ : १५ बजे

हेटौँडा कपडा उद्योगका भौतिक पूर्वाधार तथा उपकरणको परीक्षण सुरु

बागमती- लामो समयदेखि बन्द हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउने

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

चितवन- भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२ हजार

सुनका गहना सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय पक्राउ

उदयपुर (गाईघाट)- उदयपुरगढी गाउँपालिकाबाट सुनको गहना सफा गरिदिने भन्दै ठगी

नदी उत्खननले सोनाहा जातिको सुन खोज्ने पेसा सङ्कटमा

भजनी (कैलाली)- नदी उत्खनन्का कारण बर्दिया राजापुर सोनाहा जातिको सुन

गायक यम बराल अस्पताल भर्ना

काठमाडौं – गायक यम बराल गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेको खबर